+
+
Shares

माओवादी केन्द्र प्रमुख सचेतकको जिम्मेवारी रेखा शर्मालाई

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १९ गते १८:०६

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी रेखा शर्माले पाएकी छन् । संसदीय वोर्डको बिहीबारको बैठकले शर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघिका प्रमुख सचेतक टेकबहादुर बस्नेत सामान्य प्रशासन मन्त्री बनेपछि शर्मालाई सो जिम्मेवारी दिइएको हो । यसअघि शर्माले सचेतकको जिम्मेवारी निर्वाह गरिसकेकी छन् । केपी ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बन्नुअघि शर्मा सचेतक थिइन् ।

सामान्य प्रशासन मन्त्री हुँदा राम्रो काम गरेर चर्चामा आएकी शर्मालाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि पठाउनुपर्ने दबाव पार्टीभित्र थियो ।

बिहीबारको बोर्ड बैठकले संघियता कार्यान्वयन सम्बन्धी व्यवस्थापिका संसदका विभिन्न समितिहरुमा रहेका विधेयकहरुलाई अझ परिमार्जन गर्दै छिटोभन्दा छिटो संसदबाट पारित गराउन पार्टी र संसदीय दलको तर्फबाट विशेष पहल गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?