+
+

यसरी बढाउने, बच्चाको रचनात्मक क्षमता र आत्माविश्वास

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २० गते १५:२०

बच्चाहरु स्वभावैले जिज्ञासु हुन्छन् । उनीहरु केहि न केहि सिक्न चाहन्छन् । कसैलाई पेन्टिङमा रुची हुन्छ, कसैलाई नाच्नमा । तर, अभिभावकले उनीहरुको रुची अनुसार काम गर्न छुट दिदैनन् । यसले विस्तारै विस्तारै बच्चाको रचनात्मक क्षमता कम हुँदै जान्छ ।

यदि आफ्नो बच्चालाई उनीहरुकै रुची अनुसारको काममा प्रोत्साहित गर्दै लाने हो भने, बच्चाको रचनात्मक क्षमता बढ्छ । आत्माविश्वास बढ्छ । कामप्रतिको लगाव बढ्छ । यसले उनीहरुको पढाइमा समेत मद्दत गर्छ । त्यसैले घरमा बच्चाले जे गर्न रुचाउँछन्, छुट दिनुपर्छ ।

लोभ नदेखाउनुहोस्

अक्सर अभिभावकको बानी के हुन्छ भने, उनीहरु आफ्नो बच्चालाई लोभ देखाएर काम फत्ते गरिरहेका हुन्छन् । जस्तो कि, ‘तिमीले होमवर्क चाडै सक्यौ भने, तिमीलाई चकलेट दिन्छु । मनपर्ने खेलौना किनिदिन्छु । मनपर्ने खानेकुरा दिन्छु ।’ कहिले कहिं त यस्तो विधीले राम्रो काम गर्न सक्छ । तर, यसलाई सधै दोहोर्‍याउन भने हुँदैन ।

जब बच्चालाई यस्तो लोभ देखाइन्छ, उनीहरुमा यहि ढंगले काम गर्ने बानी पर्छ । त्यसैले उनीहरु केवल आफ्नो काम फत्ते गर्ने सोंचमा लाग्छन् । कामलाई कसरी राम्रो गर्ने भन्दा पनि कसरी सक्ने भन्ने ध्याउन्नमा हुन्छन् । यसले पनि उनीहरुको सिर्जनसिलता हराउँदै जान्छ ।

धेरै बोझ नदिने

आफ्नो बच्चा ज्ञानी होस्, सबै कुरामा निपूर्ण होस्, व्यवहारिक होस्, क्षमतावान होस् । सबै अभिभावकले चाहने यहि हो । तर, बच्चालाई सक्षम बनाउने चक्करमा उनीहरुमाथि दबाब पैदा नगरौ । उनीहरुबाट धेरै अपेक्षा नगरौ । बच्चाले पढाईमा राम्रो गरोस्, खेलकुदमा पनि उत्तिकै अब्बल होस्, नाच्न गाउनमा पनि सिपालु होस् भनेर अपेक्षा नगरौ ।

उनीहरुले जति सक्छन्, त्यसैलाई उत्कृष्ट ढंगले गर्न सिकाऔ । बच्चाले सहज ढंगले आफ्नो क्षमता अनुसार काम गर्न पाउनुपर्छ । उनीहरुमाथि अभिभावकले दवाव पैदा गर्नु हुँदैन ।

उनीहरुको रुचीको काम गर्न दिने

बच्चाको आफ्नो रुची, स्वभाव हुन्छ । त्यही अनुसार बच्चालाई अगाडि बढाउनुपर्छ । बच्चामाथि आफ्नो रुची लाद्नु हुँदैन । उनीहरु नाच्न चाहँदैन, म्युजिक क्लास लिन चाहँदैनन् भने जबरजस्ती नगरौ । छिमेकीको बच्चाले नाच्न, गाउन जान्दछ भने आफ्नो बच्चाले पनि त्यसैको सिको गर्नुपर्छ भन्ने छैन । किनभने हरेक बच्चाको आ-आफ्नै जन्मजात स्वभाव हुन्छ । जन्मजात गुण हुन्छ । त्यसलाई बुझेर व्यवहार गरौ ।

यस कुरामा ध्यान राखौ

बच्चाले जे गर्छ, स्वतन्त्रपूर्वक गर्न दिनुपर्छ । उनीहरुले गर्ने काम रचनात्मक हुनुपर्छ । बच्चालाई कुनैपनि काम रचनात्मक तरिकाले गर्ने भावना त्यहीबेला आउँछ, जब उनीमाथि कुनै दवाव हुँदैन । कुनै डर हुँदैन । कुनै अपेक्षा हुँदैन । अभिभावकको खास जिम्मेवारी के हो भने, बच्चाको सफलता र असफलताको लागि सहि सोंचको विकास गरौ । आफ्नो बच्चामा असफलताबाट पनि सिक्ने भावको विकास गरौ ।

बच्चासँग पनि समय विताउनुहोस् । जतिसुकै व्यस्त भएपनि बच्चाका लागि निश्चित समय छुट्याउनुहोस् । त्यस समय बच्चासँग बच्चा जस्तै बनेर खेल्नुहोस् । उनीहरुले सोध्ने हरेक प्रश्नको सहि र सरल जबाफ दिनुहोस् । बच्चालाई राम्रो, प्रेरणादायी कथा सुनाउनुहोस् ।
बच्चाले गर्ने कुनैपनि कामलाई अवहेलना नगरौ । ‘तिमीले सबै खत्तम गर्‍यौ’ भन्ने जस्ता शब्दावली प्रयोग गर्दै नगरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?