Comments Add Comment

यसरी डुब्यो आयल निगमले किनेको जग्गा (भिडियोसहित)


२० साउन, भैरहवा । रुपन्देहीको भैरहवा क्षेत्रमा त्रास फैलिने गरी ठूलो बर्षा नै भएको छैन । तर, नेपाल आयल निगमले डिपो निर्माणका लागि खरिद गरेको जग्गामा भने बाढी पसिसक्यो । सो क्षेत्र अहिले डुबानमा परेर जलमग्न छ ।

समान्य बर्षातमै रोहिणी नदी उर्लिएपछि निगमले किनेको बगरको जग्गा डुबानमा परेको हो । डिपो निर्माणको लागि खरिद गरिएको जग्गा वर्षेनी जलमग्न भएर डुबानमा पर्छ ।

निगमका नायब कार्यकारी निर्देशक सुशिल भटट्राईले बिहीबार भएको पत्रकार सम्मेलनमा डिपोको सुरक्षाको लागी नजिकै पानीको स्रोत आवश्यक रहेको तर्क गरेका थिए । उनले त्यसैलाई ध्यानमा राखेर खोला किनारमा जग्गा खरिद गरेको दावी गरेका थिए ।

तर, निगमले करोडाैं घोटाला गर्दै यस्तो जग्गा किने आरोप लागिरहेको छ । करोडौं सरकारी रकम लगाएर खरिद गरेको बगरमा तेल भण्डारण गर्दा बर्षामा डिपो बगाए त्यसले झनै जोखि पैदा हुने स्थानीय बताउन थालेका छन् ।

‘एक त यो जग्गामा भण्डारण बनाउन नै मिल्दैन । बनाइहाले त्यसले ग्यास तथा तेलको स्टोरेज बगाउने खतरा हुन्छ’ डुबेको जग्गा देखाउँदै एक स्थानीयले भने,’यसले त हामीलाई यहाँ बस्न नै डर हुने भयो ।’

निगमले साविकको बसन्तपुर, धकधई र पटखौली गाविस अन्र्तगत पर्ने १४ विघा ७ कठ्ठा १४ धुर बगर १० लाख ९३ हजार रुपैयाँ प्रति कठ्ठाको दरले ३१ करोड ४४ लाख ५६ हजार एक सय रुपैयाँमा खरिद गरेको छ । जसमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment