Comments Add Comment

८ प्रवृत्तिका साथी, तपाई कस्तो साथी ?


‘साथी ।’ भलै यो शब्द छोटो लाग्न सक्छ, तर यसमा अनेक भेराइटी पाइन्छ । तपाईको खास साथी कस्ता होलान् ? यो तपाईको रुचीमा निर्भर रहन्छ । किनभने साथी भन्नसाथ सबै एकनास हुँदैनन् । साथीका अनेक रुप र प्रवृत्ति हुन्छन् । कोहि तपाईसँग खुसीमा रमाउने हुन्छन्, कोहि दुखमा साथ दिने । कोहि तपाईको अप्ठ्यारामा सहयात्रा गर्ने त कोहि क्षणिक स्वार्थमा जोडिने ।

१. लाइफटाइम साथी

लाइफटाइम वा तपाईको आजीवन साथी, जसले कहिल्यै साथ छोड्दैनन् । यद्यपी यस्तो साथी एकदमै दुर्लभ हुन्छन् । यस किसिमको दीगो र भरपर्दो मित्रताले तपाईको जीवनलाई सहज बनाउँन सहयोग गर्छ । तपाईका अप्ठ्यारा, समस्याहरु सुल्झाउन भूमिका खेल्छन् । चाहे दुखमा होस् वा पीडामा, तपाईको साथ छाड्दैनन् । यस्ता साथीहरुको संगतले जीवन थप खुसी र सुखी हुन्छ ।

२. ख्याल राख्ने साथी- यस किसिमको साथीले तपाईको हरेक कुरामा ध्यान दिन्छ, आमाले जसरी । तपाईको पढाई, करियर, खानपान, स्वास्थ्य सबै कुरामा उसले चासो राख्छ । उनीसँगको घनिष्ठताले तपाईको जीवनमा खुसी र सन्तुष्टि मिल्छ । यद्यपी यस किसिमको साथी फेला पर्नु गाह्रो छ ।

३. समय कटाउने साथी- तपाईको जीवनमा यस्ता साथीहरु पनि जोडिन आउँछन्, जसले केवल तपाईलाई समय कटाउने माध्याम बनाउँछ । अर्थात उनीहरुको पट्यारलाग्दो समयमा तपाईको उपस्थिती खोज्छन् । आफ्नो मनोरञ्जन वा आनन्दका लागि तपाईलाई साथी बनाउँछन् । र, त्यही अनुसार प्रयोग गर्छन् । यस्ता साथी बग्रेल्ती भेटिन्छन् ।

४. स्वार्थी साथी- कहिले कहिं यस्ता साथीहरुको फेला पर्नुहुनेछ, जो केवल आफ्नो स्वार्थ पुरा गर्नका लागि तपाईसँग जोडिन आइपुग्छन् । यस्ता साथीहरु आफ्नो काम पुरा गर्न वा आफ्नो करियर बनाउन तपाईलाई भर्‍याङको रुपमा प्रयोग गर्छन् । उनीहरुको उदेश्य पुरा भएपछि तपाईसँग पूर्ववत् व्यवहार गर्दैनन् । हार्दिकतापूर्वक व्यवहार गर्दैनन् । यस्तो साथीलाई बेलामै पहिचान गर्नुपर्छ र सर्तक रहनुपर्छ ।

५. मुडी साथी- यस्तो साथीको मिजास बद्लिन बेर लाग्दैन । यस्ता साथीसँग संगत गर्दा कहिले कहिं नराम्ररी फस्न पनि सकिन्छ । उनीहरु आफ्नो मुड अनुसार तपाईसँग व्यवहार गर्छन् । कहिले हार्दिकतापूर्वक प्रस्तुत हुन्छन् त, कहिले आक्रमक रुपमा ।

६. विन्दास साथी- कोहि साथी यस्ता हुन्छन्, जसले तपाईसँग न स्वार्थ राख्न, न अपेक्षा । केवल रमाइलोका लागि मात्र जोडिन्छन् । उनीहरु उन्मुक्त रमाउन चाहन्छन् । हरेक समय रमाइलो गर्न चाहन्छन् । साथीसँगको भेटलाई रमाइलो बनाउने बाहाना खोजिरहन्छन् । यस्ता साथीहरु विन्दास हुन्छन् । यस्ता साथीसँगको संगत रमाइलो अनुभव हुन्छ ।


७. टिठलागदो साथी– कोहि साथी यस्ता हुन्छन्, जसप्रति तपाई दयाभावले जोडिनुहुन्छ । उनीहरुको समस्या, अप्ठ्यारा, पीर-मर्का आदिले त्यस्ता साथीसँग तपाईलाई नजिक पुर्‍याउँछ । त्यस्ता साथीलाई तपाईको साथ, सहयोगको खाँचो हुन्छ ।

८. कन्जुस साथी– कति साथी हुन्छन्, जो एकदमै कन्जुस प्रवृत्तिका हुन्छन् । कतै रेष्टुरेन्टमा होस् वा सिनेमा हलमा, साथीको खर्चले काम चलाउँछन् । उनीहरु पटक्कै खर्च गर्दैनन् । यद्यपी साथीको खर्चमा भने मस्त मनोरञ्जन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment