+
+
Shares

दक्षिण कोरियामा एक नेपालीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २२ गते १५:०२

६ अगस्ट, सउल । दक्षिण कोरियामा कार्यस्थलमै दुर्घटनामा परी एक  जना नेपाली युवकको मृत्यु भएको छ ।

गुल्मी पुर्कोटका अन्दाजी ३१ वर्षीय विष्णु घिमिरेको कार्यस्थलमै दुर्घटनामा परी मृत्यु भएको हो । जिन्जुस्थित कुखुराको अण्डा प्रशोधन गर्ने मेशिन बिग्रिएपछि चिगेछा (गह्राैं सामान उचाल्न र सार्न प्रयोग गरिने गाडि)को सहायताले त्यसलाई बनाउन खोज्दा फिता चुँडिएर घिमिरेको टाउकोमा लागेको थियो ।

घिमिरलेलाई उपचारका लागि जिन्जुस्थित स्थानीय अस्पतालमा पु¥याए पनि  केही समयमै उनलार्इ अस्पतालले मृत घोषणा गरेको थियो ।

मृतक घिमिरे नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाका सह-कोषाध्यक्ष हुन् ।

मृतक घिमिरे इपीएस मार्फत २२ महिना अघि कामका लागि कोरिया आइपुगेको र कम्पनी परिवर्तन गरेर त्यहाँ पुगेको बताइएको छ ।

यसैबीच सउलस्थित नेपाली दुतावासले पनि घटनाका बारेमा कोरियन प्रहरीले फ्याक्स मार्फत रिपोर्ट पठाएर जानकारी गराएको बताएको छ ।

घटनाका बारेमा घर परिवारलाई हिजो शनिवार नै जानकारी गराइएको गुल्मी सम्पर्क समितिका अध्यक्ष समेत रहेका गान्धिव सुवेदीले जनाएका छन् भने घटनास्थल तर्फ मृतक घिमिरेका नजिकका आफन्त तथा सहकर्मी इश्वरी घिमिरे पुगेका छन् भने दुतावासका अधिकारी सोमबार मात्रै त्यस तर्फ पुगेर विस्तृत जानकारी लिने तयारीमा  गरेको बुझिएको छ ।

कृषि क्षेत्र अन्तर्गत अण्डा प्रशोधन गर्ने उक्त कम्पनीमा अन्य तीन जना नेपाली कार्यरत रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?