२३ साउन, काठमाडौं । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले दुर्गम क्षेत्रमा जनताको सेवा गर्ने कर्मचारीहरुको सेवा, सुविधा बढाउन सरकार तयार रहेको बताएका छन् ।
काठमाडौंमा सोमबार आयोजित साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले दूर्गम भेगमा जाने कर्मचारीको सेवा, सुविधा बढाउन सरकार तयार रहेको बताएका हुन् । ‘कर्मचारीहरु जनताको सेवा गर्न तयार हुनुपर्छ,’ उनले भने, ‘सरकार दुर्गम भेगमा जाने कर्मचारीको सेवा, सुविधा बढाउन तयार छ ।’
मन्त्री बस्नेतले जनताको सेवामा हाजिर हुन सबै कर्मचारीलाई तयार हुन निर्देशन दिदै जनताको सेवा गर्न तयार नहुने कर्मचारीमाथि कडा कार्वाही गर्ने चेतावनीसमेत दिएका छन् ।
जतिसक्दो छिटो स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री बस्नेतले अन्तरिम व्यवस्था गरेर भएपनि स्थानीय तहमा कर्मचारी पठाउन सरकारले तयारी गरिरहेको स्पष्ट पारे ।
स्थानीय तहमा कर्मचारीको अभाव भईरहेका बेला मन्त्री बस्नेतले अब तत्काल त्यसको व्यवस्थापन गर्न राजनीतिक सहमति जुटाउन सरकार लागि परेको बताए ।
कर्मचारी व्यवस्थापनका लागि संघीय पुनर्संरचना प्रशासनिक आयोगसँग आवश्यक परामर्श भइरहेको पनि जानकारी दिएका छन् ।
मन्त्री बस्नेतले कर्मचारीहरुको अभावमा स्थानीय तहमा जनताले सास्ती व्यहोर्नु परेकोतर्फ सरकारको ध्यानाकर्षण भइरहेको भन्दै कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
साथै मन्त्री बस्नेतले कर्मचारी प्रशासनभित्र राजनीति हुन नदिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4