Comments Add Comment

बार्सिलोना अध्यक्षले गरे नेयमारको आलोचना

२४ साउन, काठमाडौं । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले ब्राजिलियन नेयमारको आलोचना गरेका छन् । उनले फान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने क्रममा देखाएको व्यवहारप्रति नेयमारको आलोचना गरेका हुन् ।

बार्सिलोना छोड्ने तयारी हुँदाहुँदै पनि नेयमारले क्लबसँग सन् २०१६ मा नयाँ सम्झौता गरेको हुनसक्ने आशंका क्लबलाई लागेको बार्टोमेउले बताएका छन् ।

२५ वर्षका ब्राजिलियन फरवार्ड नेयमार हालै मात्र कीर्तिमानी मूल्यमा पीएसजी गएका छन् ।

बार्सिलोनाका अध्यक्ष बार्टोमेउले भने, ‘उनले जसरी क्लब छोडे त्यो राम्रो थिएन । यो त्यो व्यवहार होइन, जुन हामी बार्सिलोनाको खेलाडीबाट अपेक्षा गर्छौ ।’

बार्सिलोना छाड्ने चर्चा चल्दै गर्दा नेयमारले कुनै प्रतिक्रिया दिन मानेनन् । तर, प्रि–सिजन टुरबाट ट्रेनिङमा फर्किए लगतै आफूले क्लब छाड्न चाहेको जानकारी दिए ।
क्लबले पनि भविश्यबारे टुंगो लगाउन समय दियो । त्यसको दुई दिनमा नै उनको ट्रान्सफर पुरा भयो । नेयमारले आफू नयाँ चुनौतीका लागि पीएसजी आएको बताएका छन् ।

तर, उनले गत अक्टोबरमा मात्र बार्सिलोनासँग ५ वर्षे सम्झौता गरेका थिए । त्यसबेला नै नेयमारले क्लब छाड्न सक्ने विश्लेषण गरिएको सुनाउँदै बार्सिलोना अध्यक्ष बार्टोमेउले भने, नेयमारले छाड्न सक्छन् भनेर हामीले अनुमान ग¥यो । त्यसैले रिजिल क्लज २२२ मिलियन युरो राख्यौं ।’

नेयमारलाई बार्सिलोनामै राख्न आफूहरुले प्रयास गरेको तर, निर्णय उनको भएको बताए ।

सपोटर्स क्लबको साधारणसभालाई सम्बोधन गर्दै बार्सिलोनाका अध्यक्ष बार्टोमेउले नेयमारको सम्झौतालाई मेस्सी र इनिस्टासँग तुलाना गरे, जसले आफ्नो करियर नै बार्सिलोनामा बिताएका छन् । ‘बार्सिलोनाभन्दा माथि कुनै खेलाडी छैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment