Comments Add Comment

‘माइतीदेश’ फर्किएकी ‘माइतीघर’की माला सिन्हा…


‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर..माइतीघर’ । आजपनि आम नेपालीको मन र मस्तिष्कमा यो गीत ताजै छ । निजी क्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र ‘माइतीघर’ पछि हजार भन्दा बढी निर्माताले चलचित्र निर्माण गरिसकेका छन् । तर, ‘माइतीघर’को शिर्ष गीतलाई न कसैले रिप्लेस गर्न सक्यो न त कसैले यो भन्दा चर्चित अर्को कुनै गीत नै सिर्जना गर्न सकेका छन् ।

यो चलचित्रमा अभिनय गरेका थिए, नायक सीपी लोहोनी र नायिका माला सिन्हाले । बलिउड चलचित्रमा एकछत्र राज गरिरहेको समयमा मालाले नेपाली चलचित्रमा अभिनय गरिन् । यो चलचित्रमा काम गर्दै गर्दा माला र सीपीको प्रेम बस्यो र उनीहरुले बिहे गरे । बिहे गरेपछि माला र सीपी भारतमा बस्दै आएका छन् ।
उनै, माला लामो समयपछि आफ्नो माइती देश फर्किएकी छिन् । ‘माइतीघर’पछि सीपी र मालाले अर्को नेपाली चलचित्रमा काम गरेनन् ।

सोमबार बेलुकी काठमाण्डौमा आयोजित ‘सिने सर्कल अवार्ड’मा सीपी र माला बग्गीमा कार्यक्रम हलसम्म आइपुगे । बग्गीबाट उत्रिदै गर्दा मालाले आफुलाई ‘माइतीघर’ पछि कसैले चलचित्रमा अफर नै नगरेको बताइन् ।
उनले माइती देशमा आएर सम्मान थाप्दै गर्दा आफ्नो आँखामा खुशीको आँशु छल्किएको सुनाइन् । बलिउडमा निर्देशक यश चोपडादेखि नायक अमिताभ बच्चनको चलचित्रमा समेत अभिनय गरेकी मालाले ‘माइतीघर’पछि अर्को चलचित्रमा त काम गरिनन् । तर, उनलाइ यही एउटा चलचित्रले ‘माइती देश’मा सधैभरी चर्चित बनाइराखेको छ ।

माला र सीपीलाई अवार्ड समारोहमा उप-राष्ट्रपति नन्दबहादुर पुनःले सम्मानित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment