Comments Add Comment

प्रभु क्यापिटलले ल्यायो मोबाइल एप

२४ साउन, काठमाडौं । प्रभु क्यापिटल प्रालिले आफ्नो सेवा सम्बन्धी जानकारी गराउने उद्देश्यले मोबाइल एप ल्याएको छ । आफ्नो लगानीका बारेमा छिटो तथा सरल तरिकाबाट जानकारी लिनका लागि लगानीकर्तालाई सुबिधा दिने उद्देश्यले यो सेवा ल्याइएको हो ।

यो सेवा हालमा एन्ड्रोइड मोबाईल प्रयोगकर्ताले डाउनलोड गरी उपयोग गर्न सक्ने छन् । जसबाट प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका लगानीकर्ताले आफ्नो शेयर विवरण अनलाईनमा हेर्न मिल्ने, कारोबार बारे जानकारी लिन सक्ने लगायत आईपीओ तथा एफपीओ को नतिजा थाहा पाउन सक्नेछन् ।

साथै सोमा परेको शेयर लगायत कम्पनीहरुको बोनश तथा हकप्रद शेयर खातामा जम्मा भए नभएको बारे जहाँ जुनसुकै स्थानबाट पनि सरल तरीकाले जानकारी लिन सकिनेछ ।

हितग्राहीले दिएको अभौतिक निवेदन तथा कागजातमा कुनै किसिमको त्रुटि भई सम्बिन्धित शेयर रजिष्ट्रारबाट फिर्ता आएमा सो को जानकारी पनि यसै सुबिधामार्फत लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रभु क्यापिटलले शेयर रजिष्ट्रारको सेवा दिइरहेको कम्पनीहरु सम्बन्धी प्रकाशित सुचना, जारी हकप्रद शेयरमा आफुले भर्न पाउने कित्ताबारे जानकारी तथा आफूले पाउने बोनश शेयरमा लाग्ने कर रकम सम्बन्धमा समेत जानकारी लिन सकिनेछ ।
यसका साथै नेपाल स्टक एक्सचेन्जको वेबसाईट पनि हेर्न सकिने प्रबन्ध गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment