नायक पल शाह अभिनित चलचित्र ‘जोनी जेन्टलम्यान’ भदौ ३० गतेबाट रिलिज हुँदैछ । यो बर्ष पलले एउटा हिट चलचित्र दिइसकेका छन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’ हिट भएपछि पललाइ स्टारको रुपमा पनि हेर्न थालिएको छ ।
तर, यो लभस्टोरी चलचित्र चल्नुमा पलको उपस्थितीले मात्र काम गरेको छैन । यसैले, पलको स्टारडम ‘जोनी जेन्टलम्यान’मा देखिन आवश्यक छ । जेठ १९ गते प्रदर्शन गर्ने भनिएतापनि पछि यो प्रेम र एक्सनले भरिएको चलचित्रको रिलिज मिति भदौ ३० लाई सारिएको थियो ।
निर्माणपक्षले नयाँ प्रदर्शन मिति सहितको पोष्टर सार्वजनिक गर्दै प्रचारको सुरुवात गरेको छ । नयाँ पोष्टरमा चलचित्रका मुख्य नायक पल शाह र नायिका आँचल शर्मा स्याड मुडमा देखिएका छन् । यो पोष्टरलाई टौवा क्रियसनले तयार पारेको हो ।
‘म यस्तो गीत गाउँछु’ हिट भैसकेकाले पनि पलको क्रेजले ‘जोनी जेन्टलम्यान’लाइ फाइदा गर्ने वुझाइ यसको निर्माणपक्षको छ । तर, प्रदर्शनका लागि करिब १ महिना मात्र बाँकी रहेको ‘जोनी जेन्टलेम्यान’का लागि यसको निर्माणपक्षले राम्रै मिहिनेत गर्नुपर्ने देखिन्छ । नितिन चन्दले निर्देशन गरेको चलचित्रलाई एनडि्रउ पौडेलले निर्माण गरेका हुन् ।
प्रतिक्रिया 4