+
+
Shares

कास्कीकाे माछापुच्छ्रेमा पहिरोको पीडा (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २५ गते १६:०३

२५ साउन, काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर-५ रिभान पाथेगाउँमा पहिरोका कारण ११ परिवार विस्थापित भएका छन् । पहिरोले गाउँका १३ मध्ये ११ घरमा क्षति पुर्‍याएको छ ।

११ परिवार घरबिहीन भएपछि अहिले नजिकैको चौरमा बसिरहेको बिस्थापित मध्येका एक देवीलाल लामिछानेले अनलाईनखबरलाई जानकारी दिए । पहिरोले घर बस्न नहुनेगरी भत्काएको लामिछानेले बताए ।

मानवीय क्षति नभएपनि पशुचौपाय र कुखुरा फारम भने पहिरोले पुरेको बताइएको छ ।

त्यस गाउँका सन्तुमाया लामिछाने र भक्तप्रसाद लामिछानेको घरमात्र सग्लो छ ।

उद्दारका लागि नेपाली सेना र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली रिभान पुगेको छ ।

तस्वीरः युनिस गुरूङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?