+
+
Shares

त्रिविका आंगिक क्याम्पसमा प्राध्यापकले लगाए ताला, पढाइ पनि बहिस्कार

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २६ गते ९:०२

२६ साउन, काठमाडौं । विगत तीन महिनादेखि आन्दोलनरत आंशिक प्राध्यापकहरुले आजबाट त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसहरुमा तालाबन्दी गरेका छन् ।

आंशिक सेवालाई खारेज गर्न र करार सेवामा नियुक्त गर्न माग गर्दै उनीहरुले तालबन्दी गरेका हुन् ।

आंशिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्माले त्रिभुवन विश्वविद्यालयका सबै ६० वटै आंगिक क्याम्पसका प्रमुख, लेखा शाखा र प्रशासन शाखामा बिहान ८ बजे नै तालाबन्दी गरिएको अनलाइनखबरलाई बताए । ‘तालाबन्दी गर्न हाम्रो मोबाइल टोली बिहानै मोटरसाइकल लिएर क्याम्पस क्याम्पसमा पुगेको छ । टोलीले बिहान ८ बजे नै ताला लगाएको छ,’ शर्माले भने ।

माग पूरा गराउन सरकारलाई दबाव दिने उद्देश्यले आंशिक प्राध्यापकहरुले गत वैशाख १ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरेका थिए । हाल त्रिवि कीर्तिपुरको गेट अगाडि उनीहरु अनसन बसेको आज १८ दिन पुगिसकेको छ ।

सरकारले माग सम्बोधनमा चासो नदेखाएको भन्दै आंशिक प्राध्यापकहरुले आजैबाट पठन पाठन पनि बहिस्कार गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?