२६ साउन, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुने काठमाडौं आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछिन् ।
प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच ४ः३० बजे बालुवाटारमा भेटवार्ता हुनेछ । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका साथै प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणबारे पनि छलफल हुने बताइएको छ ।
बिमस्टेक बैठकमा सहभागी हुने स्वराज बिहीबार मध्याहृन मात्र काठमाडौं आइपुगेकी थिइन् ।
बिमस्टेक बैठकको साँझ प्रधानमन्त्री शेरबहादर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । विमस्टेक बैठकमा व्यापार तथा लगानी, प्रतिआतंकवाद, गरिबी निवारण, यातायात, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4