Comments Add Comment

राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्रीको भेट

२६ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेकी छन् ।

बहुक्षेत्रीय प्राबिधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन काठमाडौं आएकी विदेशमन्त्री सुष्मा स्वराजले शितलनिवासमा राष्ट्रपति भण्डारीलाई भेटेकी हुन् ।

भेटमा दुई देशबीच रहेको एैतिहासिक तथा मैत्रिपूर्ण सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

भेटमा भारतका लागि नेपालका राजदूत तथा नेपालका लागि भारतका राजदूत एवंम दुवै देशका उच्चपदस्थ व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

विदेशमन्त्री स्वराजले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेकी थिइन् । उनले नेपाल बसाइका क्रममा राजनीतिक दलहरूका प्रमुख नेताहरूलार्इ भेट्ने कार्यक्रम पनि रहेको छ ।

भारतीय विदेशमन्त्री स्वराज बिहीबार मध्यान्ह बिमस्टेक बैठकमा सहभागी हुन काठमाडौं आइपुगेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment