सोमबार, ६ कार्तिक, २०७४
OnlineKhabar.com

दरमखोला लघुजलविद्युत् परियोजना अवरुद्ध

२८ साउन, वामी (गुल्मी) । मुसिकोट नगरपालिकाको वडा नं ७ स्थित दरमखोला लघुजलविद्युत् परियोजनाको नहर पहिरोले बगाएपछि आज बिहान परियोजना अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण बसेरीमा झण्डै २०० मिटरमाथिबाट खसेको पहिरोले नहरको बाँध भत्काएर पुरेको हुँदा विद्युत् अवरुद्ध भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए ।

विद्युत् नहरको निर्माणकार्य तथा मर्मत संहार गरी सञ्चालन गर्न अझ केही दिन लाग्ने उनले बताए ।

८५ किलोवाट क्षमता भएको सो विद्युत् परियोजना अवरुद्ध भएसँगै नगरपालिकाको वडा नं २, ७, ८ र छिमेकी जिल्ला बागलुङको वडिगाड गाउँपालिकाको वडा नं ३ गरी चार वडाका ९०० घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।

विद्युत् अवरुद्धपछि कलकारखाना उद्योगधन्दा, सञ्चार क्षेत्र प्रभावित भएका छन् ।

२०७४ साउन २८ गते १३:३६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this