Comments Add Comment

जापान भ्रमणमा रहेको नेपाली टोलीको पहिलो अभ्यास खेल बराबरी

२९ साउन, काठमाडौं । १० दिने प्रशिक्षण तथा अभ्यास खेलका लागि जापान पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो अभ्यास खेलमा जे लिग क्लव गाम्बा ओसाकाको यू-२३ टोलीसँग एक एक गोलको बराबरी खेलेको छ ।

टोकियोको जे ग्रिन साकाइमा सम्पन्न अभ्यास खेलको २४औं मिनेटमा गाम्बा ओसाकाले अग्रता लिएको थियो ।

तर त्यसको १० मिनेटपछि नै नेपालले बराबरी गोल फर्कायो । नेपालका लागि स्टार स्ट्रइकर नवयुग श्रेष्ठले गोल गरेका थिए ।

नेपालले त्यसपछि पनि गोलका अवसरहरु सृजना गरेको थियो । तर जे लिगको गत सिजन चौथो स्थानमा रहेको गाम्बाको युवा टोलीबिरुद्ध थप गोल गर्न सकेन र बराबरीमा चित्त बुझायो ।

दोस्रो अभ्यास खेल नेपालले बुधबार क्वान्सेइ गाकुइन विश्वविद्यालयको टोलीसँग खेल्नेछ ।

नेपालका लागि जापानी प्रशिक्षक ग्योतोकु कोजीको पहल र नेपालका लागि जापानी दूतावासको आयोजनामा जापान पुगेको नेपाली टोलीले पाँच अभ्यास खेल र प्रशिक्षण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment