+
+
Shares

पश्चिमको तुलनामा पूर्वी नेपालको मौसममा सुधार

जोखिम कायमै, कहाँ-कहाँ छ खतरा ?

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३० गते ११:५६

३० साउन, काठमाडौं । पूर्वी नेपालमा मौसममा क्रमिक सुधार आउन थाले पनि पश्चिम नेपालमा जोखिम कायमै रहेको मौसमविदले बताएका छन् ।

पूर्वी नेपालमा अब भारी वर्षा नहुने तर देशैभर मध्यमखालको  वर्षा भने जारी रहने जल तथा मौसम विज्ञान बिभागले जनाएको छ ।

‘पूर्वी, मध्य र पश्चिम क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुन्छ,’ मौसमविद् राजु प्रधानांगले अनलाइनखबरसँग भने, ‘तर, केही दिन अगाडि जस्तो वर्षा भएको थियो, त्यस्तो चाहिँ अब हुँदैन ।’

मौसमविद प्रधानांगका अनुसार पूर्वी नेपालमा मनसुनी प्रणाली अघिल्लो दिनको तुलनामा कमजोर हुँदै गएको छ । तर, पश्चिम नेपालमा भने कमजोर हुन अझै केही समय लाग्ने उनको अनुमान छ ।

पानी पर्ने क्रम अझै नरोकिने भन्दै प्रधानांगले भने, ‘मौसममा पूर्ण सुधार हुन अझै केहि दिन लाग्छ ।’

कहाँ-कहाँ छ खतरा ?

यसैबीच जल तथा मौसम विज्ञान बिभाग बाढी पूर्वानुमान शाखाले ठूलो वर्षा नभएपनि पानी पर्ने क्रम नरोकिने भएकाले जोखिम कायमै रहेको बताएको छ ।

शाखाले सोमबार दिउँसोसम्म जोखिम कायमै रहने भन्दै सतर्क रहन सुझाएको छ ।

वागमती, पूर्व राप्ती, रिउ, विनयी, अरुण खोला, तिनाउ खोला, वाणगंगा लगायतमा भोलि दिउँसोसम्मै अति नै जोखिम हुने देखिएकाले सावधान रहन शाखाले आग्रह गरेको छ ।

नारायणी, देवघाट लगायत क्षेत्रमा पनि जलस्तर बढेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ ।

त्यस्तै पश्चिममा मध्यम वर्षाको सम्भावना रहेकाले पश्चिम राप्ती, बबई लगायतका नदी आसपासका क्षेत्रका बासिन्दालाई सोमबार बेलुकीसम्म सतर्क रहन सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?