Comments Add Comment

अमेरिका नेपाल मेडिकल फाउण्डेसनले बाढी पीडितका लागि ५० हजार डलरको कोष बृद्धि गर्ने

वाशिंगटन डिसी । अमेरिका नेपाल मेडिकल फाउन डेसन(एएनएमएफ )ले नेपालमा गएको बाढी पिडितको सहयोगार्थ चिकित्सा सहायताको साथै जनस्वास्थ्य सम्बन्धी सहयोग गर्न कोष बृद्धि अभियान सुरु गरेको छ ।

नेपालमा गएको बाढी पहिरोले ठूलो धनजनको क्षति भएको अवस्थामा संस्थाको कार्यकारी समिति बैठकले पीडित परिवारलाई सहायता गर्ने निर्णय गरेको छ ।

तत्काल राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले बसेको बैठकले ५ हजार डलर संकलन गरिसकेको छ भने एक कार्य दल पनि निर्माण गरेको संस्थाका उपाध्यक्ष डा सन्तोष सापकोटाले दिएका छन् ।

सन् १९९७ मा नेपाली मुलका चिकित्सकको प्रयास तथा नेपाललाई माया गर्ने अमेरिकन चिकित्सकहरुको पहलमा स्थापाना भएको अमेरिका नेपाल मेडिकल फाउनडेसनले नेपालमा गएको भूकम्पमा पीडित परिवार, प्राकृतिक प्रकोपका बेला मानवीय सेवा जस्ता कार्यमा सहयोग गर्दै आएको छ । संस्थाले नेपालमा स्वास्थ्य सामुदायिक सेवा भवन निर्माण, स्वास्थ्य चौकी, खानेपानी परियोजना निर्माणमा सहयोग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment