Comments Add Comment

अब ‘ट्याक्स अफिसर्स’को भूमिकामा अजय


बलिउडका चर्चित नायक अजय देवगण अहिले चलचित्र ‘गोलमाल एगेन’को छायांकनमा व्यस्त छन् । उनै, अजय अब एक नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । अजयले काम गर्न लागेको नयाँ चलचित्रको नाम ‘रेड’ राखिएको छ ।

यो चलचित्रमा अजय एक ट्याक्स अफिसर्सको भूमिकामा देखिनेछन् । चलचित्रको निर्देशन राजकुमार गुप्ताले गर्दैछन् । यो चलचित्र वास्तविक कथामा बन्ने भारतीय मिडियामा उल्लेख छ ।

सन् १९८० को उत्तर प्रदेशको सेटमा यो चलचित्र छायांकन हुनेछ । भारतमा भएका चर्चित ‘आयकर विभागको छापा’को कथामा यो चलचित्र बन्नेछ । भुषण कुमार र कुमार मंगतले यो चलचित्रको निर्देशन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment