३१ साउन, काठमाडौं । डाट्सनको ‘रेडी गो’ अब अझै शक्तिशाली र सुविधायुक्त भएर आउने भएको छ । जापनिज कम्पनी डाट्सनले रेडी गोको १ हजार सिसीको अपग्रेडेड भर्सनलाई नेपालमा पनि भित्र्याउने भएको हो ।
नेपालमा अहिले ८ सय सिसीको रेडी गो निकै लोकप्रिय छ । यसको सफलतालाई अझ नयाँ उचाइमा पुर्याउन कम्पनीले १ हजार सिसीको इञ्जिन भएको नयाँ रेडी गोलाई नेपाली उपभोक्तामाझ पेश गर्ने अन्तिम तयारी भइरहेको पायोनियर मोटोकपका सिनियर पर्चेज म्यानेजर ज्ञानेन्द्र चन्दले बताए ।
इन्ट्री लेभल ह्याचब्याकमा स्थापित भइसकेका अन्य कम्पनीसँग प्रतिस्पर्धा गरेको रेडी गो अझ आकर्षक फिचर्ससहित नेपालमा सार्वजनिक गर्न लागिएको छ ।
‘हामीले १३ सय भन्दा बढी रेडी गो बेच्यौं । हामी यसबाट एकदमै उत्साहित छौं । उपभोेक्तालाई त्योभन्दा पनि शसक्त रेडी गो भर्सन उपलब्ध गराउन हामीले योजना बनाएका छौं’ चन्दले भने ।
नजिकिएको नडा अटो-शोलाई ध्यानमा राखेर यो गाडी नेपाल ल्याउन लागिएको हो ।
नयाँ कार चढ्नका लागि ठूलो रकम खर्चिनुपर्छ भन्ने भ्रमलाई चिर्ने कार हो, डाटसनको ‘रेडी गो’ । यो नेपाली कार बजारमा अहिले सबैभन्दा सस्तो, नयाँ र उत्तिकै आकर्षक मोडल हो ।
अझै पावरफूल
रेडी गो पेट्रोेलका दुई भेरियन्टमा उपलब्ध हुनेछ । डाट्सनमा अहिले रेनोको क्वीड १.० ले प्रयोग गरिरहेको जस्तै क्षमताको इञ्जिन राखिएको छ । नयाँ डाटसनमा ५ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ ।
यसले सेगमेन्टकै उत्कृष्ट माइलेज दिने दावी कम्पनीको छ । नयाँ रेडी गोले प्रतिलिटर २२.५ किलोमिटरको माइलेज दिन्छ । जसले गाडी प्रयोगकर्तालाई आर्थिक भार कम पर्छ ।
यसको १.० लिटरको पेट्रोल इञ्जिनले ६७ बीएचपी पावरसहित ९१ एनएमको टर्क उत्पादन गर्छ ।
फिचर्सको पक्षबाट हेर्दा पनि यो निकै सबल छ । यसमा एलईडी डीआरएल, की-लेस इन्ट्री, अब ब्ल्याक इन्टेरियर, टि्रम र भेन्ट्समा सिल्भर फिनिस लगायतका विशेषताहरु छन् ।
बोल्ड लुक्स
नयाँ रेडी गोको डिजाइनमा धेरै बदलावहरु गरिएका छैनन् । यसको एक्स्टेरियर लुक्स निकै ग्ल्यामरस र बोल्ड छ । यसमा सिल्भर डेकोरेशनसहित स्टाइलिस हेडल्याप्स दिइएको छ ।
फ्रन्ट ग्रीलमा क्रेम एसेन्ट फ्रेम छ । डेटाइम रनिङ ल्याम्पस, विन्डसेल्ड ग्रीन ग्लास, एन्टेना र ड्राइभर तथा पेसेन्जर आउटसाइड मिररले यसलाई आकर्षक बनाएको छ ।
यसमा बडी कलर्ड डोर ह्याण्डल, बी पिलरसहित आर१३ ह्वील र ब्ल्याक कलरको स्टील ह्वीलले कारलाई नयाँ लुक्स दिएको छ । स्फूर्त र फिनिसिङ बनोटका कारण पनि यो धेरैको रोजाइ बन्ने अपेक्षा छ ।
यो कार ३४३९ एमएम लामो, १५६० एमएम चौंडा र १५४ १एमएम अग्लो छ । यसमा २२२ लिटरको बूट स्पेश पनि छ । यसको ह्वील बेस २३४८ एमएमको छ ।
इन्टेरियर
इन्टेरियरमा पनि यो गाडी सफा र आरामदायी फिचर्सले सुुसज्जित छ । यसको क्याबिन कम्पनीले निकै व्यावहारिक ढंगले बनाएको छ ।
यसमा ब्ल्यु, डायल फेस मिटर, इन्टेरियर, रुम ल्याम्पस, ड्राइभर र पेसेन्जर साइड सन भाइजर, थ्री स्पोक्स स्टेयरिङ ह्वील पनि छ ।
सेन्टर क्लस्टरमा पियानो ब्ल्याक फिनिस र एसी भेन्ट्समा सिल्भर फिनिस गरिएको छ । प्यासेन्जर साइड स्टोरेज ट्रे, ग्लोब बक्स, स्मार्टमल्डेल डोर टि्रम्स, फ्रन्ट डोर म्याप पकेट, पि्रमियम फेबि्रक सिट लगायतका फिचर्सले इन्टेरियरलाई आकर्षक बनाएको छ ।
‘रेडी गो’भित्र स्पेस पनि पर्याप्त छ । कारको आकारअनुसार अविश्वसनीय स्पेस सिर्जना गरिएको छ । कारमा पाँच जनाले आरामसँग बसेर यात्रा गर्न सक्छन् ।
यसमा यात्रा गर्ने यात्रुको सहजताका लागि ‘लेगरुम’लाई पनि फराकिलो बनाइएको छ । गाडी भित्रको पर्याप्त स्पेशले चालक तथा यात्रुलाई बढी स्वतन्त्रता र आत्मविश्वास प्रदान गर्छ ।
आग्रणी कम्फोर्ट र सुविधा
कम्फोर्ट र सुविधाको हिसावले पनि नयाँ रेडिगो अग्रणी छ । यसमा स्पीड सेन्सेटिभ पावर स्टेयरिङ छ । हिटर भेन्टीलेटरसहित यसमा एयर कन्डिसनर, डिजिटल टेक्नोमिटर, ड्राइभ कम्प्युटर, प्यासेन्जर एसिस्ट ग्रीप, ट्रिप मिटर, पावर विन्डो, बोटल एण्ड कप होल्डरले यसमा यत्रा गर्न विभिन्न सहजताहरु ल्याउँछ ।
यसमा युटिलिटी स्टोरेजसहित स्तरीय म्युजिक सिस्टम पनि छ । यसमा फ्रन्टमा दुईवटा स्पीकर दिइएको छ । एसोसरिज सकेट, सिफ्ट अप इन्डिकेटर, रिर्मो की र सेन्ट्रल लकिङ लगायतका सुविधायुक्त फिचर्स पनि यसमा छन् ।
अब पनि यो कार कम आम्दानी भएका मध्यम बर्गीय परिवारको नयाँ कारको सपनालाई साकार गर्न यो सक्षम बन्ने अपेक्षा गरिएको छ ।
उत्कृष्ट ग्राउण्ड क्लेयरेन्स
रेडी गो कारको सबैभन्दा उत्कृष्ट पक्ष हो, ग्राउन्ड क्लियरेन्स । यसमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ ।
ह्याचब्याक कार भएर पनि ‘रेडी गो’मा एसयुभी कारको जत्तिकै ग्राउन्ड क्लियरेन्स रहेकोले पनि यो उत्कृष्ट मानिएको छ । यसले कज्वेर अफरोडमा पुग्दा पनि गाडीले उत्कृष्ट पर्फमेन्स दिन्छ ।
झन इञ्जिन शक्तिशाली भएर आएकालेअब यो अफरोडको उत्कृष्ट ह्याच्ब्यक बन्ने देखिन्छ ।
सुरक्षित बहान
यसमा विभिन्न विशेषताहरुले चालक र यात्रुलाई रोमाञ्चकता, स्वतन्त्रता र आत्मविश्वास प्रदान गर्ने कम्पनीको दावी छ । कम्पनीले सुरक्षाका लागि डाटसन प्रो सेफ-सेभन प्रविधि अपनाएको छ । यो सुविधाले ‘सर्ट ब्रेकिङ डिस्ट्यान्स’, आरामदायी ड्राइभिङ र रोडको उत्कृष्ट भ्यु दिन्छ ।
कारमा सुपेरियर सस्पेन्सन सिस्टम, हाइ ब्ल्सटर सपोर्ट र ड्राइभर एयरब्यागको पनि व्यवस्था छ । यसले यात्रुलाई कुनैपनि अवस्थामा सुरक्षित यात्राका लागि आत्मविश्वास दिन्छ ।
पि्रमियम सस्पेन्सन सिस्टमले ह्याण्डलिङ र राइड कम्र्फोटको बीचमा राम्रो सन्तुलन दिन्छ ।
प्रतिक्रिया 4