+
+

बाढीले सौराहाका होटलमा १५ करोडको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३१ गते १८:३२


३१ साउन, काठमाडौं । लगातारको वर्षासँगै आएको बाढिका कारण चितवनको सौराहाका १ सय १० होटलमा क्षति पुगेको छ । यस्तो बाढीका कारण १ सय १० होटलमा करिब १५ करोड बराबरको क्षति हुन गएको होटल संघ चितवनले जनाएको छ ।

संघले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार बाढीका कारण उक्त होटलहरुमा मानवीय क्षति भने भएको छैन । बुधबारबाटै संघले करिब १५ वटा होटल सञ्चालनमा ल्याउन लागेको छ ।

अन्य होटल भने एक साताभित्रै सञ्चालनमा ल्याउने संघको तयारी छ । बाढी आएका समयमा सौराहाबाट करिब ६ सय पर्यटकको उद्दार गरिएको थियो ।

यसअघि पनि नारायणगढ मुग्लिन सडकखण्डमा सडक बिग्रेका कारण सौराहाका पर्यटकको संख्या ह्वात्तै घटेको थियो । आन्तरिक र बाहृय दुबै खालका पर्यटकहरुमा कमी आएको थियो । व्यवसाय ओरालो लागेकै क्रममा सौराहाका पर्यटन व्यवसायीले थप अर्काे मार खेप्नु परेको छ ।

व्यवसायमा ठुलो क्षती पुगेको भन्दै व्यवसायीले बैंकको ब्याजदरमा केही सहुलियत खोजेका छन् । यसका लागि सरकारले आवश्यक वातावरण तयार गरिदिन समेत उनीहरुले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?