+
+
Shares

सशस्त्र प्रहरीमा पनि २५ सयको भर्ति खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३२ गते ०:३०


३१ साउन काठमाडौं । सशस्त्र प्रहरी बलमा २५ सय जनाका लागि जागिर खुलेको छ । सशस्त्र प्रहरी बलले मंगलबार एक सुचना प्रकशन गर्दै प्रहरी जवान, भान्छे, केश कर्तक, सुचिकार चर्मकर्मी र कुचिकार गरि २५ सय कर्मचारी माग गरेको हो ।

सशस्त्र प्रहरीले २३ सय जना जवान मात्रै माग गरेको छ । जसमा खुलातर्फबाट १ हजार २ सय १९ जना माग गरिएको छ भने बाँकी ३ सय ३१ जना आदिबासी जनजाति, मधेसी २ सय ९०, दलित १ सय ५५, पिछडा वर्ग ५२ जना र अमर तथा अशक्त सशस्त्र परिवारको परिवारका लागि ४६ कोटा छुट्टाइएको छ ।

त्यस्तै भान्छेमा १ सय ७ जनाको माग गरिएको छ, जसमध्ये ५७ जना खुलातर्फका लागि छुट्टाइएको छ ।

साथै केशकर्तक २५ , सुचिकार १५ चर्मकर्मी २० र कुचिकारमा ३५ जना माग गरिएको छ ।

सूचना हेर्नुस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?