+
+
Shares

सप्तरीका बाढीपीडितको बिजोग, न बास, न गाँस

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३२ गते ६:१०

३२ साउन, काठमाडौं । सप्तरीमा बाढीले उठिबास लगाएको तीन हजार परिवारको बेहाल भएको छ । डुबानले भेट्न नसकेका विभिन्न ठाउँमा पाल टाँगेर बसेका उनीहरू न्यूनतम आधारभूत सुविधाबाट समेत वञ्चित छन् ।

बिहीबारदेखि पाँच दिनसम्मको अविरल वर्षाले विस्थापितहरू खाना, स्वच्छ पानी, औषधोपचार र उचित बसोबासबाट वञ्चित भएका छन् । बाढीले सप्तरीमा तीन हजार परिवारलाई पूर्णरूपमा विस्थापित गरेको नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगतले बताए ।

बाढीले पूर्णरूपमा घर क्षति भएका र बगाएका परिवार झन्डै एक सातादेखि कोबर्साइनमा तीन सय, सकरपुरामा चार सय, रमपुरा मल्हनियाँमा चार सय, सिस्वा बेल्हीमा ३० परिवारसहित विभिन्न गाउँमा विस्थापित भएको विपद् व्यवस्थापन कार्यक्रम संयोजक राजेश झाले बताए । घर ध्वस्त भएका स्थानमा राजविराज नगरपालिका–२ मा ५५ परिवार स्थानीय विद्यालयमा आश्रय लिएर बसेका छन् ।विस्थापितमध्ये एक सय २० परिवारको घर बाढीको डुबानमा परेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?