Comments Add Comment

बाढीपीडितका लागि स्पेनबाट दुई दिनमा ८ लाख संकलन

बार्सिलोना । बाढी पहिरो पीडितहरुको सहयोगार्थ स्पेनमा दुई दिनमा नै ८ लाख रुपैयाँ संकलन भएको छ।

संघका कोषाध्यक्ष बिशाल ढुंगानाका अनुसार गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले बाढी पहिरो पिडितहरुको सहयोगार्थ सुरु गरेको अभियानमा हालसम्म ६ हजार ७ सय १ युरो प्रतिबद्दता रकम जुटेको छ ।

संघले मंगलबार साँझसम्म बार्सिलोनाबाट २ हजार ७ सय ९ युरो, क्षेत्रीय समिति म्याड्रिडले २ हजार ५ सय ८१ युरो र क्षेत्रीय समिति पाईसभास्कोमा १ हजार ४ सय ११ युरो संकलन भएको जनाएको छ।

अभियानमा नेपाली जनप्रगतिशील मञ्च स्पेनले ५ सय युरो तथा नेपलोना ईभेन्ट्सले ३ सय ११ युरो सहयोग गरेका छन् । बिभिन्न संघ संस्थाहरुले समेत सहयोगको अपील गर्दै रकम संकलन गरिरहेको हुँदा समग्रमा राहत कोषमा बढी नै रकम जम्मा हुने अपेक्षा गरिएको छ।

एनआरएन स्पेनको कार्यलयमा सोमबार बसेको आकस्मिक बैठकले संघका अध्यक्ष चिन्तामणि सापकोटाको अध्यक्षतामा राहत संकलन समिति गठन गर्दै अभियान सुरु गरेको थियो। समितिमा स्पेन स्थित राजनीतिक, जातीय, क्षेत्रीय लगायतका संघ संस्थाहरुलाई समेटिएको छ।

अविरल वर्षासँगै पुर्बी तराईमा बाढी र पहाडमा पहिरो जाँदा ठुलो जनधनको क्षति पुगेको बेला स्पेनको नेपाली समुदाय एकजुट बनेको छ। देशभरका २६ जिल्ला बाढी पहिरोको चपेटामा छन् ।

ला-काईसा बैंकको खाता नम्बर ES36-2100-0920-3601-0064-6604 मा सिधै रकम जम्मा गर्न सकिने संघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment