+
+
Shares

बार्सिलोना हमलाको ४८ घण्टापछि… (हेर्नुस् १९ तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ४ गते १०:५३


स्पेनको पर्यटकीय शहर बार्सिलोनामा आतंककारी हमलाको ४८ घण्टापछि हामी घटनास्थल पुग्यौं ।१ दशमलव २ किलोमिटर लामो राम्बलास सडकमा मान्छेहरुको झनै ठुलो भिड थियो । आतंकवादबिरुद्दको सन्देश स्वयं भिड आँफै बोलिरहेको थियो ।

संसारका थुप्रै मुलुकहरुबाट श्रदाञ्जली ब्यक्त गर्नेहरुले आ-आफ्नो ढंगबाट सडकमा केहि कोरिरहेका थिए । नजिकै रहेको सेतो चक हातमा लिएर हामीले पनि लेख्यौं । बार्सिलोना दुख्दा नेपाललाई पनि पीडा भएको महशुस पोख्यौं । हाम्रा पाठकहरुका लागि केहि तस्वीरहरु पनि लिनु थियो तर, हाम्रो नजरलाई त्यहाँ राखिएका तस्बिरले खिचिरहेको थियो ।
एउटा मुटु आकार बनाएर आँशु झरिरहेको तस्वीरसँगै यस्तो लेखिएको थियो, ‘तिमिहरु हाम्रो हृदयका आँशुहरु हौ ।’

मृत आत्माहरुको सम्झनामा लेखिएका यी भावनाहरुले धेरैलाई भावुक बनायो । अर्कोतर्फ एउटा रुखको भित्तामा टाँसिएको सन्देशले बोल्दै थियो, ‘हामी कत्ति पनि भयभित छैनौं ।’

जुन सडकमा धेरै मानिसहरुको रगत बग्यो, त्यहि सडकमा बार्सिलोनासँग ऐक्यबद्दता जनाउँदै बिश्वका प्राय सबै भाषाहरुमा माया सद्भाव र भावाना कोरिएको भेट्यौं । सडकको बीच भागमा मैन बत्तीहरु जलिरहेका थिए भने पुष्पगुच्छाहरुले सडक भरिएको थियो । त्यसो त जहाँ-जहाँ मृत शरीर ढलेका थिए, त्यही त्यही आँफन्तहरुको आ-आफ्नो सन्देश पनि थियो ।

हनिमुनका लागि बार्सिलोना आएका एक जोडीको प्रेम लुटिएको जीवन कथा हो पनि बार्सिलोना घटना । अमेरिकाको क्यालीफोर्नियाबाट हनिमुनका लागि आएकी हाइडीले आफ्ना श्रीमान जारेट टुकरलाई यही घटनामा गुमाइन् ।

आतंककारी हमलामा आफू बाँचेकी हाइडीको पीडालाई अहिले बार्सिलोना सडक बोलिरहेको छ । त्यसैले त सडकमा कोरिएको छ,’तिम्रो अभाव छ।’

घटनामा १४ जनाले ज्यान गुमाए सय बढि घाईते बनेका छन् । यसरी नै सबैको आ-आफ्नै पीडा र कथा बोकेको राम्बलास सडकले ।

सडकमा रहेका रुखहरुमा डोरी लगाएर केहि पन्नाहरु पनि झुण्डाइएका थिए । सेता पन्नाका बिरह र प्रेमका भावानाहरु कोरिएका मात्र हैनन् बार्सिलोना प्रतिको साथ र ऐक्यबद्दतालाई पनि जोडिएको थियो ।

शुक्रबार स्पेनका राजाको नेतृत्वमा प्रधानमन्त्री सहित उच्चपदस्थ सरकारी अधिकारीहरु घटनास्थल पुगेर श्रदाञ्जली ब्यक्त गर्दा ठुलो भीड देखिन्थ्यो ।

तर, त्यसको भोलिपल्ट पनि शनिबार हामी पुग्दा पनि भिडमा कुनै कमी थिएन । त्यसो त राम्बलास यस्तो सडक हो,जसले ‘मान्छेको भिड सधैँ बोकिरहेको हुन्छ ।’

तर यस्तो लाग्छ आज त्यो भिडसँगै पीडा र रोदन पनि बोकिरहेको छ ।

तस्वीर: लक्ष्मण शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?