Comments Add Comment

प्रिमियर लिगमा चेल्सीको पहिलो जित

५ भदौ, काठमाडौं । डिफेण्डिङ च्याम्पियन चेल्सीले प्रिमियर लिग फुटबलमा पहिलो जित हात पारेको छ ।

आइतबार भएको खेलमा चेल्सीले बलियो टोली टोटनह्याममाथि २–१ को जित हात पारेको हो ।

टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा चेल्सीले २४ औं मिनेटमा मार्कोस एलोन्सोको गोलबाट अग्रता लिएको थियो । बाँकी दुबै गोल खेलको अन्त्यतिर भयो ।

८२ औं मिनेटमा चेल्सीका मिची बाट्सुयीले आत्मघाती गोल गरे र खेल बराबरीमा पुग्यो । तर, त्यसको ६ मिनेटपछि नै एलोन्सोले दोस्रो गोल गर्दै चेल्सीलाई जित दिलाए ।

डिफेण्डिङ च्याम्पियन चेल्सीले सिजनको पहिलो खेलमा बार्नेलीसँग हार व्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment