+
+
Shares

विद्युत् वितरण केन्द्र राजविराजमा बाढीले ४० लाखको क्षति

 रासस   रासस  
२०७४ भदौ ६ गते १४:४६

६ भदौ, सप्तरी । हालै आएको बाढीका कारण विद्युत् वितरण केन्द्र राजविराजमा करिब  ४० लाख बराबरको क्षति भएको छ ।

वितरण केन्द्रका कार्यालय प्रमुख रामउदगार साहकाअनुसार छवटा विद्युत् ट्रान्सफर्मर पूर्णरुपमा जलेका, ७० वटा विद्युत् पोल ढल्नुका साथै विद्युत् तारमासमेत क्षति भएको थियो ।

विद्युत् विच्छेद हुँदा करिब ५८ हजार ग्राहक प्रभावित भएका थिए । ठाउँ ठाउँमा पोल र तार खस्दा तथा ट्रन्सफर्मरमा आगो लागेर क्षति हुँदा त्यसलाई पुनः व्यवस्थित गर्न वितरण केन्द्रलाई धौधौ परेको थियो । अहिले विभिन्न ठाउँमा विद्युत् मर्मत भइरहेको कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?