+
+
Shares

कर्णालीमा एक गाउँपालिका एक प्रहरी चौकीको माग

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ६ गते १६:५९

६ भदौ, कालिकोट । जिल्लाका ९ वटै स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्न एक गाउँपालिका एक प्रहरी चौकिको माग गरिएको छ ।

माओबादी केन्द्रका जिल्ला इन्चार्ज जीवन बुढाको नेतृत्वमा मंगलबार गृहमन्त्रालय पुगेको टोलिले प्रति गाउँपालिका एक प्रहरी चौकीको अबधारण लागु गर्न गृहमन्त्री जनार्धन शर्मासंग माग गरेको हो ।

भेटका क्रममा गृहमन्त्री शर्माले तत्काल स्थानीय प्रशासनसंग परामर्श लिएर माग कार्यान्वयन गर्ने आश्वासन दिएका छन् ।

कालिकोटका ९ वटा स्थानीय तह मध्ये हाल ८ वटामा प्रहरी चौकी रहेका छन् भने प्रहरी चौकी नरहेको पचालझरना गाउँपालिका र बहुप्रतिष्ठित कालिकोट हुम्ला सिमिकोट कर्णाली करिडोरको शान्तिघाटमा प्रहरी चौकी स्थापना गर्न माग गरिएको हो ।

उक्त माग तत्कालन कार्यान्वयन गर्ने गृहमन्त्री शर्माले बताए । उक्त दुई ठाउँमा शान्ति सुरक्षामा चुनौती रहेको भन्दै यस अघिको कालिकोट जिल्लाको जिविस परिषद् र जिल्ला सुरक्षा समितिले पनि प्रहरी चौकी स्थापनाको माग गरेको थियो ।

रत्न कार्कीबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?