+
+
Shares

थपिए १२ राज्यमन्त्री, देउवाले बनाए जम्बो मन्त्रीमण्डलको अर्को रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ७ गते ४:१०

६ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जम्बो मन्त्रीमण्डलको अर्को रेकर्ड बनाएका छन् ।

देउवाले मंगलबार आफ्नो पार्टी कांग्रेसका १२ सहित १५ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिमण्डल विस्तार गरे । यससँगै देउवा सरकार ५० सदस्यीय बनेको छ । यो गणतान्त्रिक नेपालको सबैभन्दा जम्बो मन्त्रिमण्डल हो ।

यसअघि गणतन्त्र आएपछिको चौथो प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईले ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।

बहुदलीय व्यवस्थामा पनि जम्बो मन्त्रीमण्डलको रेकर्ड देउवाकै नाममा थियो । ०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका देउवाले ५२ सदस्यीय मन्त्रीमण्डल बनाएका थिए ।

यस पटक आफ्नै पुरानो रेकर्ड तोड्ने देखिएको छ । किनकि, मंगलबारको विस्तारपछि पनि उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण गरी चार मन्त्रालय मन्त्रीविहीन छन् । चार वटै मन्त्रालय अहिले प्रधानमन्त्री देउवासँगै छन् र राप्रपाबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ ।

मंगलबार थपिएका राज्यमन्त्रीहरू 

सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात
सरिता प्रसाई कृषि विकास
शेषनाथ अधिकारी शिक्षा
नरबहादुर चन्द वाणिज्य
अब्दुल रज्जाकगद्दी खानेपानी तथा सरसफाई
तप्तबहादुर विष्ट सूचना तथा सञ्चार
अमरसिंह पुन सिँचाइ
दिलमान पाख्निन कानुन, न्याय, तथा संसदीय मामिला
उदयशम्सेर राणा अर्थ
१० डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार
११ तेजुलाल चौधरी युवा तथा खेलकुद
१२ चम्पादेवी खड्का सहकारी तथा गरिबी निवारण
१३ जनकराज चौधरी सङ्घीय मामिला तथा स्थानीय विकास
१४ सुमित्रा थरुनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१४ यसोदा कुमारी लामा भूमिसुधार तथा व्यवस्था

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?