+
+
Shares

बाढी पीडितका नाममा राजनीति नगरौं : स्वास्थ्य मन्त्री पोखरेल

ऋचा अर्याल ऋचा अर्याल
२०७४ भदौ ७ गते १२:१४


७ भदौ, महोत्तरी । बाढी पीडितको जानकारी लिन महोत्तरी पुगेका स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले बाढी पीडितको नाममा राजनीति नगर्न आग्रह गरेका छन् ।

देशका विभिन्न ठाउँमा अहिले बाढीले जनजीवन प्रभावित भएको भन्दै जनताको नाममा राजनीति नगर्न आग्रह गरेका हुन् ।

मन्त्री पोखरेलले जनता पीडामा रहेको बेला उनीहरुलाई राजनीति रुपमा नहेरी सेवा भावले सहयोग गर्न सबै एकजुट हुनुपर्ने बताए ।’बाढीले जनजीवन प्रभावित भएको छ । जनताको नाममा राजनीति नगरौं,’ उनले भने, ‘बाढी पीडितलाई सेवा भावले सहयोग गरौं, त्यसका लागि सबै एकजुट हौ ।’

महोत्तरीको लोहरपट्टी गाउँपालिकामा स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री पोखरेलले अहिले सरकारले जनजीवन सहज बनाउन काम गरिरहेको भन्दै सबैको सहयोगको आवश्यक रहेको बताए ।

साथै मन्त्री पोखरेलले प्रदेश नं. २ को चुनावको मिति नजिकिएको अवस्थामा तराईमा सडक यातायात बन्द रहेको भन्दै त्यसका लागि पनि सरकारले काम गररहेको बताए ।

महोत्तरीमा बाढी र डुवानमा परी ९ जनाको मृत्यु भएको छ भने २ लाख जना प्रभावित भएका छन् ।

यस्तै ८ अर्वको कृषि र ४ अर्वको बराबरको सडकमा क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?