८ भदौ, नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।
विशेष राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवनको प्रागणमा पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए ।
‘गार्ड अफ अनर’ ग्रहण गरेपछि संक्षिपत प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले भारतले नेपालको विकासमा सहयोग गरेको बताउँदै थप सहयोगका लागि आग्रह गरे ।
लगतै प्रधानमन्त्री देउवा महात्मा गान्धीको समाधी स्थल राजघाट प्रस्थान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4