Comments Add Comment

प्रधानमन्त्री देउवालाई सुष्मा स्वराजले भेटिन्

८ भदौ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भेटवार्ता गरेकी छन् । राष्ट्रपति भवन पुगेर स्वराजले देउवालाई भेटेकी हुन् ।

देउवालाई विशेष पाहुनाको रुपमा राष्ट्रपति भवनमा बस्ने व्यवस्था मिलाइएको छ ।

स्वराजसँगको भेटमा समसामयीक राजनीति, दुई देशको सम्बन्ध लगायतको विषयमा छलफल भएको बताइएको छ ।

स्वराजलाई भेट्नुअघि देउवालाई गार्ड अफ अनर प्रदान गरिएको थियो । गार्ड अफ अनर (विशेष राजकीय सम्मान) ग्रहणका लागि राष्ट्रपति भवनको प्रांगण पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । स्वागतपछि मोदीले मिडियालाई संबोधन गर्न आग्रह गरेका थिए ।

मिडियासँग कुराकानी गर्दै देउवाले खुल्ला सिमाना रहेको नेपाल र भारत विश्वकै ऐतिहासिक सम्बन्ध रहेको मुलुक भएको बताए । उनले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर रहँदै आएको भन्दै यो भ्रमणले यो सम्बन्ध अझै प्रगाढ बन्ने बताए ।

लगत्तै प्रधानमन्त्री देउवाले राजघाटस्थित महात्मा गान्धीको समाधी स्थलमा श्रद्धाञ्जली अर्पण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment