Comments Add Comment

अनमोलदेखि साम्राज्ञीसम्म, जसलार्इ बक्स अफिसको चर्को दबाब

प्रदिपले पार लगाए, पल र सलिनले के गर्लान् ?

बलिउडका स्टारहरुमा अहिले चलचित्र कस्तो बनाउने भन्दा पनि बक्स अफिसमा कसले बढी कमाइ गर्ने भन्ने होडबाजी छ । यसरी, बक्स अफिसको चर्को दबाबमा पर्दा कलाकारले आफ्नो शत प्रतिशत काम दिन नसक्ने तर्क बलिउडकै कलाकार समय-समयमा गर्ने गर्छन् । चलचित्र कस्तो बन्यो, कलाकारको अभिनय कस्तो थियो भन्दा पनि चलचित्र चल्यो कि चलेन भन्ने विश्लेषण बढी हुँदा कलाकारहरु चर्को दबाबमा छन् ।

अब, यही दबाब नेपाली चलचित्रका केही कलाकारमाथि पनि पर्न थालेको छ । बक्स अफिसमा असफल भएको खण्डमा करिअर नै डामाडोल हुने अवस्था आउँछ कि भन्ने भयले उनीहरुलाइ सताएको छ ।

यो सूचीमा नायक अनमोल केसीदेखि नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहसम्म छन् । साम्राज्ञी डेढ बर्षको अन्तरमा हलमा आउँदैछिन् । चलचित्र ‘ए मेरो हजुर २’को इनिसियल भरोसा साम्राज्ञीमाथि छ । साम्राज्ञीलाइ पनि यो थाहा छ कि, बक्स अफिसमा यो चलचित्र सफल भएन भने उनको करिअरलाई नै लिएर टिप्पणी हुन थाल्नेछ । लण्डनमा गएर नयाँ चलचित्रको छायांकन गर्नुपर्ने साम्राज्ञी अहिले मोफसल दौडमा छिन् । पहिलो चलचित्र हिट भएपछि एकाएक स्टारको सूचीमा परेकी साम्राज्ञीलाइ दोश्रो चलचित्रको अधिकांश कार्यभार आफ्नो काँधमाथि बोक्नुपर्ने अवस्था छ ।

बक्स अफिसको चर्को दबाब त यो बर्ष नायक अनमोल केसीमाथि छ । उनी अभिनित चलचित्र ‘कृ’को बक्स अफिसमा कमजोर टिकट काटियो भनेमात्र पनि उनी चलचित्र क्षेत्रका सकिन्छन् भन्ने शैलीको प्रचार भैरहेको छ । बर्षकै सर्वाधिक प्रतिक्षामा रहेको चलचित्रको बक्स अफिसको दबाब अनमोलमाथि सर्वाधिक परिरहेको छ । २० लाख पारिश्रमिक लिएर काम गरेका अनमोल ‘कृ’ चलाउने एक मात्र हतियार हुन् ।

नायक प्रदिप खड्काले भने बक्स अफिसमा हिट चलचित्र दिएर आफूलाइ यो दबाबबाट केही हदसम्म मुक्त पारेका छन् । ‘प्रेमगीत २’ चलेपछि प्रदिपमाथि थोपरिएको यो दबाब अहिले कम भएको छ ।

चलचित्र ‘म यस्तो गीत गाउँछु’ हिट भएपनि पल शाहलाइ सुख छैन । चलचित्र ‘जोनी जेन्टलम्यान’ कमजोर चलेको खण्डमा पलमाथि थुप्रै खालका टिप्पणी सुरु हुने पक्का छ । यसैले, पनि ‘जोनी जेन्टलम्यान’को व्यापार स्टारको दौडमा दौडिएका उनका लागि अगाडि बढ्ने या पछाडि नै बस्ने भन्ने परिक्षाको रुपमा अगाडि आएको छ ।

चलचित्र क्षेत्रमा डेब्यू गर्दा नै नव-नायक सलिनमान बनियाँको करिअरमाथि ‘ए मेरो हजुर २’को बक्स अफिस व्यापार थोपरिएको छ । यो चलचित्रले राम्रो व्यापार गरेको खण्डमा सलिनमाथि लगानीको लाइन लाग्नेछ । यदि, चलचित्र चलेन भने सलिनमानले चर्को आलोचना त खेप्नुपर्नेछ, केही बर्ष अझै उनी नयाँ नै भएर मिहिनेत गर्नुपर्नेछ ।

लगालग १० वटा हिट चलचित्र दिएका बलिउड नायक सलमान खानको ‘ट्यूबलाइट’ असफल हुँदा उनको करिअर नै सकिएको जस्तो टिप्पणी बलिउडमा भैरहेको छ । २५ बर्षदेखि बलिउडमा राज गरिरहेका नायक साहरुख खानको चलचित्र ‘जब ह्यारी मेट सेजल’ असफल हुँदा उनले अवकाश लिनुपर्ने सम्मका तर्क गर्न थालिएको छ ।

बक्स अफिसको थिचाइमा नेपाली कलाकार पनि पर्न थालेका छन् । हेरौ, यो दबाबलाइ कसले कसरी पार लगाउने हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment