Comments Add Comment

चितवनमा साम्राज्ञी र सलिनको यस्तो क्रेज


भदौ १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर २’को प्रचारका लागि अहिले यसका मुख्य कलाकार काठमाण्डौ बाहिरको दौडमा छन् । हेटौडामा बुधबार पत्रकार सम्मेलन गरेर चलचित्रको टोली बिहिबार चितवन पुगेको थियो । चितवनमा भने चलचित्रको प्रचार विशेष रहन पुग्यो ।

चलचित्रका मुख्य कलाकार साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेतको साथमा निर्देशक झरना थापाले चितवनका पत्रकारसँग साक्षात्कार गरे । यसपछि, उनीहरुले, ‘तीज विशेष कार्यक्रम’मा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेका थिए । चलचित्रको टिमसँग तीज मनाउन सयौ दर्शकको उपस्थित थियो ।

दर्शकले चलचित्रको टिमसँग गीत पनि गाएका थिए । चलचित्रका संवाद र गीत दर्शकलाइ कण्ठ भएको सुनेपछि निर्देशक झरना थापा अझ उत्साहित देखिइन् । यूवा दर्शकमाँझ साम्राज्ञी र सलिनले राम्रो क्रेज बनाएको प्रष्ट हुन्थ्यो । साम्राज्ञीले पनि दर्शकसँग सेल्फी खिचिन् र साक्षात्कार गरिन् । सुनिलकुमार थापाको निर्माणमा तयार भएको यो चलचित्र अहिले सर्वाधिक चर्चामा छ ।

चलचित्रको गीत र ट्रेलर हिट भैसकेकाले पनि दर्शकले यो चलचित्रलाइ प्रतिक्षा गरिरहेको विश्वास यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment