Comments Add Comment

अमेरिकामा हुने ‘नेम्पा फिल्म अवार्ड’मा प्रियंका, केकी र श्रृजनाविच प्रतिस्पर्धा(सूचीसहित)


नेपाल चलचित्र संघले अमेरिकामा आयोजना गर्न लागेको ‘नेम्पा फिल्म अवार्ड २०१७, अमेरिका’को लागि विभिन्न विधामा उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरेको छ ।

अमेरिकाको टेक्सासको डालसमा ‘डीएबीएस इन्टरटेन्मेन्ट टेक्सास, डालस’सँगको सहकार्यमा संघले यो अवार्डको आयोजना गर्दैछ । सेप्टेम्बर १७ तारिखका दिन यो अवार्ड आयोजना गरिने अध्यक्ष प्रदिपकुमार उदयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नेपाली चलचित्रको विकास, प्रवर्द्धनका लागि संघ सधै नै लागिपर्ने उदयले जारी गरेको विज्ञप्तीमा बताइएको छ । भदौ १९ गते मनोनयनमा पर्ने चलचित्रर्कीलाइ प्रमाणपत्र वितरण गर्ने संघले जनाएको छ ।

यो अवार्डमा ‘उत्कृष्ट अभिनेता’को विधामा सौगात मल्ल, दयाहाङ राइ र विपिन कार्कीविच प्रतिस्पर्धा हुने भएको छ । यस्तै, उत्कृष्ट अभिनेत्रीमा प्रियंका कार्की, केकी अधिकारी र श्रृजना सुब्बाविच प्रतिस्पर्धा हुने भएको छ । उत्कृष्ट निर्देशकको विधामा भने दीपाश्री निरौला, रामबाबु गुरुङ र प्रदिप भट्टराइ मनोनयनमा परेका छन् । जम्मा १८ विधामा अवार्ड प्रदान गर्न लागिएको संघले जानकारी दिएको छ ।

गतबर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ४५ वटा चलचित्रले अवार्डमा सहभागीताका लागि आवेदन दिएका थिए । सोही चलचित्रहरुको मुल्यांकन गरि, १८ विधामा उत्कृष्ट ३ को मनोनयन संघले सार्वजनिक गरेको हो । मनोनयनमा परेका चलचित्रकर्मी र चलचित्रको नाम यसप्रकार छः

१. उत्कृष्ट नृत्य निर्देशक
क. श्री रामजी लामिछाने: चलचित्र तीन घुम्ती, (फूल झैा नरम……)
ख. श्री विक्रम स्वार: चलचित्र लूट २, (ठमेल बजार…….)
ग. श्री कविराज गहतराज: चलचित्र राधा (छपक्कै फूल……)

२. उत्कृष्ट संगीतकार
क. श्री सुरेश गैरे: चलचित्र शब्द (हरपल रुवाउँछ…….)
ख. श्री बसन्त सापकोटा: चलचित्र हाउ फन्नी (शिर मै शिर विन्दु…….)
ग. श्री राजनराज शिवाकोटी: छक्का पञ्जा (पूर्व पश्चिम……………)

३. उत्कृष्ट गायिका
क. श्री मीना निरौला: चलचित्र लूट २ (ठमेल बजार………)
ख. श्री मिलन अमात्य: चलचित्र हाउ फन्नी (यो के हो…………)
ग. श्री अञ्जु पन्त: चलचित्र छक्का पञ्जा, (पूर्व पश्चिमंं…….)

४. उत्कृष्ट गायक
क. श्री स्वरुपराज आचार्य: चलचित्र शब्द, (हरपल रुवाउँछ……)
ख. श्री युवराज चौलागाई: चलचित्र पलाँस, (तिमी साथ……..)
ग. श्री कालीप्रसाद बास्कोटा: चलचित्र पुरानो डुङ्गा (निर जैले………)

५. उत्कृष्ट गीतकार
क. श्री सुरेश प्राञ्जल: चलचित्र बाटो मुनिको फूल २, (नरुने आँखा……..)
ख. श्री दयाराम पाण्डे: चलचित्र पलास (तिमी साथ हुँदा……..)
ग. डा. श्री कृष्णहरि बराल: चलचित्र शब्द, (हरपल रुवाउँछ…..)

६. उत्कृष्ट छायाँकार
क. श्री शैलेन्द्र डी कार्की: चलचित्र पुरानो डुङ्गा
ख. श्री पुरुषोत्तम प्रधान: चलचित्र छक्का पञ्जा
ग. श्री पुरुषोत्तम प्रधान: चलचित्र लूट २

७. उत्कृष्ट सम्पादक
क. श्री निमेश श्रेष्ठ: चलचित्र पुरानो डुङ्गा
ख. श्री सुरेन्द्र पौडेल: चलचित्र लूट २
ग. श्री विपिन मल्ल: चलचित्र छक्का पञ्जा

८. उत्कृष्ट लेखक
क. श्री रामबावु गुरुङ्ग: चलचित्र पुरानो डुङ्गा
ख. श्री प्रदीप भट्टराई: चलचित्र जात्रा
ग. श्री दीपकराज गिरी: चलचित्र छक्का पञ्जा

९. उत्कृष्ट हाँस्य कलाकार
क. श्री विपिन कार्की: चलचित्र लूट २
ख. श्री बुद्धि तामाङ्ग: चलचित्र छक्का पञ्जा
ग. श्री केदार घिमिरे: चलचित्र छक्का पञ्जा

१०. उत्कृष्ट खलनायक
क. श्री सौगात मल्ल: चलचित्र लूट २
ख. श्री अनुप विक्रम शाही: चलचित्र किङ्ग
ग. श्री अर्पण थापा: चलचित्र बाटो मुनिको फूल २

११. उत्कृष्ट नव अभिनेत्री
क. श्री मरिस्का पोखरेल: चलचित्र के म तिम्रो होइन र
ख. श्री नम्रता श्रेष्ठ: चलचित्र गााठो
ग. श्री श्रृष्टी श्रेष्ठ: चलचित्र गाजलु

१२. उत्कृष्ट नव अभिनेता
क. श्री सञ्जय गुप्ता: चलचित्र सफर
ख. श्री आर्यन अधिकारी: चलचित्र के म तिम्रो होइन र
ग. श्री आयुषमान देशराज जोशी: चलचित्र चपली हाइट २

१३ उत्कृष्ट सहअभिनेत्री
क. श्री मेनुका प्रधान: चलचित्र पुरानो डुङ्गा
ख. श्री वर्षा राउत: चलचित्र छक्का पञ्जा
ग. श्री रीमा विश्वकर्मा: चलचित्र बाटो मुनिको फूल २

१४ उत्कृष्ट सह अभिनेता
क. श्री माओत्से गुरुङ्ग: चलचित्र पुरानो डुङ्गा
ख. श्री रवीन्द्र झा: चलचित्र जात्रा
ग. श्री सौगात मल्ल: चलचित्र डाइङ क्यान्डल

१५ उत्कृष्ट अभिनेत्री
क श्री प्रियंका कार्कीः चलचित्र छक्का पञ्जा
ख. श्री केकी अधिकारीः चलचित्र लभ सासा
ग. श्री श्रृजना सुब्बाः चलचित्र डाइङ क्यान्डल

१६ उत्कृष्ट अभिनेता
क. श्री सौगात मल्लः चलचित्र लुकामारी
ख. श्री दयाहाङ्ग राईः चलचित्र बीरविक्रम
ग. श्री विपिन कार्कीः चलचित्र जात्रा

१७. उत्कृष्ट निर्देशक
क. श्री दीपाश्री निरौलाः चलचित्र छक्का पञ्जा
ख. श्री रामबाबु गुरुङ्गः चलचित्र पुरानो डुङ्गा
ग. श्री प्रदीप भट्टराईः चलचित्र जात्रा

१८ उत्कृष्ट चलचित्र
क. पुरानो डुङ्गा
ख. जात्रा
ग. छक्का पञ्जा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment