+
+
Shares
मिलन अधिकारी :

पञ्चमी स्नानसहित यसरी गरियो तीजको विदाइ (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १० गते १४:४९


१० भदौ, काठमाडौं । हिन्दू धर्मावलम्वी नारीहरुले शनिबार सप्तऋषिको पूजा गरी यस वर्षको तीज पर्वलाई विदाइ गरेका छन् । तीजका व्रतालुले सप्तऋषिको पूजा नगरे व्रत पूरा नहुने र फल पनि नपाइने धार्मिक विश्वास छ ।

तीजमा व्रत बसेकाहरुले ऋषि पञ्चमीको दिन बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया, पोखरी वा आˆनै घरमा स्नान गरी ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानीले स्नान गर्ने गर्दछन् । स्नान गर्दा टाउकोमा चाल्नो राखेर पानी खन्याउने प्रचलन रहिआएको छ ।

यसरी स्नान गरिसकेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिन्छ । सप्तऋषिको पूजा गर्नाले रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए ‘पाप’बाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

काठमाडौंको हाँडिगाउँ र कलंकी लगायतका स्थानमा रहेका सप्तऋषिका मन्दिरहरुमा विवाहित तथा अविवाहित ब्रतालु नारीहरुको घुइँचो लागेको थियो । ऋषिहरुको पूजा गरिसकेपछि चोखो खाने र नाचगान गरी तीजलाई विदाइ गर्ने प्रचलन छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?