+
+
Shares

दर खाने रकम कटाएर पीकेका छात्राले बाँडे बाढीपीडितलाई राहत

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १० गते १६:०८

१० भदौ, काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पसका विद्यार्थी र कर्मचारीहरुले बाढीपीडितहरुलाई राहत वितरण गरेका छन् ।

विद्यार्थी, प्राध्यापक, कर्मचारीहरुबाट नेपाली महिलाहरुको महान पर्व तीजको दर खान संकलन गरिएको रकम बाढी पीडितलाई वितरण गरिएको नेविसंघकी सहमहामन्त्री साधना घिमिरेले जानकारी दिइन् ।

घिमिरे नेतृत्वको टोलीले सप्तरीको सिसवा, रौतहटको पर्रोहा लगायतका स्थानका बाढीपीडितहरुलाई राहत खाद्यान्न, लत्ताकपडा र नगद सहयोग गरेको हो ।

का १८ दलित परिवारलाई खाद्यान्न, घो

राहत वितरण टोलीमा सहमहामन्त्री साधना घिमिरे, पूर्व सहमहामन्त्री मिथलेश मिश्र, केन्द्रीय सदस्य रेखा परियार, पवित्रा गौली, नमिता चौधरी लगायत छन् । उनीहरुले काठमाडौंमा घरदैलो कार्यक्रम गरी राहत संकलन गरेका थिए ।

सो टोलीले सप्तरी सिसवाको १८ दलित घर परिवारलाई खाद्यान्न, घोड़घासमा बाढीले बगाएर मृत्यु भएको एक परिवारलाई आर्थिक सहयोग स्वरूप ५ हजार पाँच रुपैयाँ र १५ घर परिवारलाई पाल र रौतहटको परोहा वडा नम्बर १ का २०० घर परिवारलाई खाद्यान्न र लत्ता कपडा सहयोग गरिएको घिमिरेले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?