+
+

भट्टराई, बि.सी र के.सीलाई जापानमा तीज कार्यक्रममा भ्याईंनभ्याईं

रमेश श्रीष मगर रमेश श्रीष मगर
२०७४ भदौ ११ गते ११:३८

२७ अगष्ट, टोकियो । यो बर्ष तीजे कार्यक्रमकै लागि जापान आउने भनेका दुई दर्जनभन्दा बढी कलाकारहरुलाई जापानले पत्याएन् । तर, केही चल्तीका कलाकारलाई भने जापानले विश्वास गर्‍यो ।

ती भाग्यमानी कलाकारको सूचिमा रमेशराज भट्टराई, पूर्णकला बि.सी, सीता के.सी, मञ्जु पौडेल, तेजस रेग्मी, कल्पना दाहाल, सरिता गुरुङ र निलिमा पुन पर्छन् । जसले जापानको यो वर्षको तीज कार्यक्रम तताए ।

टोकियोमा आउने भनेका दुई दर्जन कलाकारलाई भिषा नदिएपछि तनावमा रहेका आयोजकलाई तीजे कार्यक्रमकै लागि फुकुओका र ओसाका आएका कलाकारले केही राहत भने पक्कै दिए ।

श्रोतका अनुसार अझै दुईवर्ष जापानले टोकियोमा कलाकारलाई भिषा नदिने बुझिएको छ । जापान आएर ओभरस्टे बस्ने, आयोजकले कलाकारको रुपमा जापान ल्याई शरणार्थी बन्न प्ररित गर्ने र देशको अवस्थाका कारण पनि यो वर्ष धेरै कलाकारले भिषा पाएनन् ।

जापानयात्रा फाप्यो भट्टराई र बि.सीलाई

गायक रमेशराज भट्टराई र गायिका पूर्णकला बि.सीलाई यो वर्षको तीजे जापानयात्रा फापेको छ । तीजे कार्यक्रमकै लागि फुकुओका आएका भट्टराई र बि.सी टोकियोको प्रायः कार्यक्रममा धेरै व्यस्त बने । फुकुओकापछि गुन्माकेन छिरेका उनीहरु तेस्रो दिन भने नवलपरासी समाजको कार्यक्रमका लागि टोकियो आइपुगे ।

‘नवलपरासी तीज धमाका’मा जापानवासी दिदीबहिनीहरुलाई छमछमी नचाएका उनीहरुले टोकियो र टोकियोबाहिर गरी जापानमा मात्र १० ओटा तीजे कार्यक्रमहरु गर्न भ्याए ।

तर आफ्नो सबैभन्दा नजिकको साथी गायक पशुपति शर्मालगायत अन्य कलाकारको भिषा नलाग्दा भने भट्टराई दुःखी देखिन्थे । भट्टराई भन्छन्,’खोई ! किन यो वर्ष जापानले हाम्रो क्षेत्रलाई विश्वास गरेन्, हामी आफै पनि छक्क पर्‍यौं । तर आयोजक अब सचेत हुनु जरुरी छ ।’
त्यस्तै दोस्रो पटक तीजे कार्यक्रमकै लागि जापान आउन पाउँदा खुशी भएपनि गायिका बि.सीको मनमा पनि एउटै पीडा थियो आफ्ना समकालिन साथीहरुको भिषा नलाग्नु ।

जाापानभरी नै भ्याईंनभ्याईं बनेका भट्टराई र बि.सीसँग हामीले यो वर्षको तीजे कार्यक्रमको आम्दानी बारे बुझ्ने प्रयास गर्दा भने उनीहरु खुल्न चाहेनन् । उनीहरु घुमाउरो तरिकाले आफुहरु घाटामा रहेको दुखेसो पोख्दै थिए ।

प्रायः रेकर्डिङ स्टुडियोमै व्यस्त हुने बि.सीले स्टुडियोमा गीत गाएर मात्र दिनमा ३० देखि ५० हजारसम्म कमाई हुने अनुभव सुनाईन् । उनले यो वर्ष ३८ तीजे गीत गाउन भ्याएकी छिन् ।

के.सी पनि व्यस्त बनिन्

‘मलाई अमेरिका यही’ गीतबाट एकाएक चर्चामा आएकी गायिका सिता के.सी पनि जापानमा भएका तीजे कार्यक्रममा व्यस्त बनिन् ।
‘म नेपाली ग्रूप’को आयोजनामा टोकियोमै पहिलो तीजे कार्यक्रम गर्न भ्याएकी के.सीले पनि आधा दर्जन कार्यक्रम भ्याईन् । के.सीले टोकियोबासी दिदीबहिनीहरुलाई छमछमी नचाई ओसाका पुगेकी थिइन ।

त्यस्तै जापान नेपाली एकता समाजको आयोजनामा सम्पन्न ‘हरितालिका तीजि कार्यक्रम’मा आएका गायिका मञ्जु पौडेल, गायक तेजस रेग्मी, गायिका निलिमा पुनलगायत गायक सूर्य खड्का, गायिका सरिता गुरुङ र कल्पना दाहालले पनि यो वर्षको तीजे कार्यक्रममा जापानबासी दिदीबहिनीहरुलाई छमछमी नचाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?