चलचित्र ‘ए मेरो हजुर २’को निर्माणपक्षले चलचित्र उत्कृष्ट बनेको दाबी गरेको छ । चलचित्रको प्रचारको क्रममा पोखरा आइपुगेको टोलीले लभ स्टोरी कथामा बनेको यो चलचित्र उत्कृष्ट बनेको दाबी गरे ।
कार्यक्रममा बोल्दै चलचित्रकी निर्देशक झरना थापाले चलचित्र उत्कृष्ट बनेको दाबी गरिन् ।
चलचित्र चल्नु र नचल्नुमा दर्शकको हात भएपनि कुनैकुनै चलचित्र व्यबसायीक रुपमा नचलेपनि दर्शकमा छुट्टै छाप छोड्ने खालको हुने भन्दै उनले भनिन्–‘मेरो चलचित्र पनि ब्यबसायीक रुपमा चल्ने छाँट देखिएको छ, यसको प्रचार सामाग्री अहिले दर्शकले खुबै मन पराउनु भएको छ । यद्यपी ब्यबसायीक रुपमा चल्ने÷नचल्ने पछि थाहा होला, तर यसले दर्शकमा एउटा राम्रो छाप छाडेर जानेमा म ढुक्क छु ।’
निर्माता सुनिलकुमार थापाले स्वर्गिय निर्देशक शिव रेग्मी र श्रीकृष्ण श्रेष्ठको प्रेरणाले आफूले चलचित्र ‘ए मेरो हजुर–२’ बनाएको बताए । उनले झरनालाई चलचित्र क्षेत्रबाट टाढा नबनाउनको लागि भएपनि निर्देशक बनाएको बतए । यद्यपी झरनामा निर्देशकमा हुने गुण रहेको उनको भनाई थियो ।
चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मी राणाले आफ्नो दोश्रो चलचित्र भएपनि उत्कृष्ट काम गरेको बताईन् । उनले ‘ए मेरो हजुर–२’ चलचित्रले आफ्नो करियरलाई अझ माथि लैजान भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
चलचित्रका नायक सलिनमान बनियाँले चलचित्र राम्रो बनेको र आफूले अभिनयमा शतप्रतिशत दिने प्रयास गरेकाले यसले आफूलाई स्थापित गर्ने विश्वास व्यक्त गरे । अर्का नायक सलोन बस्नेतले आफूलाई सुहाउँदो पात्रको भूमिका पाएकाले आफूले न्याय गरेको बताए । यो चलचित्र भदौ १६ गतेबाट रिलिज हुँदैछ ।