Comments Add Comment

पशुपति शमसेरको राप्रपा पनि निर्वाचन आयोगमा दर्ता

११ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग्गिएको पशुपति शमसेर राणा नेतृत्वको समूहले राप्रपा प्रजातान्त्रिकको नाममा निर्वाचन आयोगमा औपचारिक रुपमा दल दर्ता गरेको छ ।

२०/२२ जना नेताहरुको समूह आइतबार बिहान निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएका हुन् ।

पशुपति शमसेर राणा अध्यक्ष रहेको पार्टीका ध्रुवबहादुर प्रधान र सुनील बहादुर थापा महामन्त्री छन् ।

त्यस्तै रामचन्द्र राय, दीपक बोहरा र बिक्रम पाण्डेलाई उपाध्यक्षको जिम्मेबारी दिइएको छ । दल दर्ताका क्रममा उनीहरू सबै निर्वाचक अायोग पुगेका थिए ।

यो पनि पढ्नुस्

राप्रपाले दल दर्ता गरायो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment