Comments Add Comment

जहा पल र आँचल, त्यही जोडी सुहाएको चर्चा


हिजोआज नायक पल शाह र नायिका आँचल शर्मा जहाँ पुग्छन् त्यहाँ उनीहरुको जोडीकै चर्चा हुन्छ । मिडियामा रियल लाइफमा समेत प्रेम सम्बन्धमा रहेको चर्चा चलिरहँदा यो जोडीले स्विकार भने गरेको छैन ।

तर, म्यूजिक भिडियोदेखि चलचित्रसम्म एकसाथ काम गर्दै आएको यो जोडीको प्रेम प्रेसंग भने चलचित्र बजारमा सेलाएको छैन । आइतबार आयोजित चलचित्र ‘जोनी जेन्टलम्यान’को गीत सार्वजनिक कार्यक्रममा पनि पल र आँचलको जोडीकै चर्चा चल्यो ।

कार्यक्रम संचालन गरिरहेका संचारकर्मी नरेश भट्टराइले पल र आँचलको जोडी निकै सुहाएको बताइरहँदा दुबै जना हाँसे मात्र । वन पिस पहिरनमा पुगेकी आँचल आकर्षक देखिएकी थिइन् ।

आँचलले भदौ ३० गतेबाट चलचित्र रिलिज हुन लागेको भन्दै सबैले माया गरिदिने विश्वास व्यक्त गरिन् । उनले, अब सबै कुरा मिडियामा रहेको भन्दै साथ दिन अनुरोध गर्दै मिडियालाइ फुर्काउने काम गरिन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’ हिट भएपछि चर्चामा रहेका पल यो चलचित्र पनि चल्नेमा विश्वस्त छन् । नितिन चन्द निर्देशित चलचित्रलाइ एडि्रउ पौडेलले निर्माण गरेका हुन् ।

चलचित्रको ‘अंगालोमा बेरिरहुँ’ बोलको गीत पत्रकारले हेरेपछि आँचल कस्तो लाग्यो भनेर सोधिरहेकी थिइन् । यो चलचित्रबाट उनी निकै आशावादी छिन् । चलचित्रको गीतमा आँचललाइ धेरैले तपाइ सुन्दर देखिनुभएको छ भनेपछि, उनी मख्ख परिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment