Comments Add Comment

म्यूजिक भिडियो बनिसकेको गीतलाइ कसरी राखियो पल र आँचलको फिल्ममा ?


भदौ ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जोनी जेन्टलम्यान’को २ वटा गीत सार्वजनिक भैसकेका छन् । तर, २ वटा गीतले नै मिडियामा खासै चर्चा कमाउन सकेका थिएनन् । यसैले, पनि यो चलचित्रको टिम केही दबाब महशुश गरिरहेको थियो ।

तर, आइतबार सार्वजनिक भएको ‘जब जब’ बोलको गीतले भने चलचित्रको टिमलाइ ठूलै राहत दिने पक्का छ । अन्जु पन्त र सुरेश लामाको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीतमा समावेश यो गीत सार्वजनिक भएसँगै नायक पल शाह र नायिका आँचल शर्माको मुख्य भूमिका रहेको यो चलचित्र केही पावरफूल देखिएको छ ।

तर, सुरुवातमा यो गीत यो चलचित्रका लागि तयार पारिएको थिएन । म्यूजिक भिडियो निर्देशक विकास सुवेदीले यो गीतको भिडियो नै तयार पारेका थिए । तर, ‘जोनी जेन्टलम्यान’ चलचित्रको सल्लाहाकार समेत रहेका विकासले यो गीत चलचित्रमा राख्ने सल्लाहा गरे । सुरेश लामाले पनि चलचित्रका लागि गीत दिन तयार भए ।

संगीतकार अर्जुन पोखरेलले फेरि यो गीतको एरेन्ज गरे र नयाँ शैलीको बनाए । कार्यक्रममा बोल्दै अर्जुनले सुरेश नेपाली चलचित्रको पाश्र्व गायनमा चर्चित बन्ने विश्वास व्यक्त गरे । उनले सुरुवातमा आफूले एल्बमका लागि यो गीत तयार पारेको बताए ।

प्रविण सिंहले यो गीतको भिडियोको कोरियोग्राफी गरेका छन् । चलचित्रमा लभ स्टोरी गीत पस्कन माहिर मानिएका अर्जुनको शब्द तथा संगीत उत्कृष्ट छ । यो भिडियोको कोरियोग्राफी औषत छ । नायिका आँचल शर्मा भने भिडियोमा निकै राम्री देखिएकी छिन् । नितिन चन्दले निर्देशन गरेको चलचित्रलाइ एन्ड्रिउ प्रधानले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment