Comments Add Comment

कांग्रेसले पनि दल दर्ता गरायो


११ भदौ, काठमाडौं । कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

पार्टीका कार्यावहाक सभापति विमलेन्द्र निधि नेतृत्वको टोलीले आइतबार आयोगको केन्द्रीय कार्यालय पुगेर दल दर्ता गराएको हो ।

कानुनी व्यवस्था अनुसार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गरिएको कार्यवहाक सभापति निधिले जानकारी दिए ।

संविधानले व्यवस्था गरेको मिश्रति निर्वाचन प्रणालीको व्यवस्थालाई विभिन्न बाधा अड्चनको बाबजुत कार्यान्वयनमा लगिने पनि उनले बताए ।

तेश्रो चरणको निर्वाचन हुन लागेको प्रदेश नम्बर २ तथा प्रदेशसभा र प्रतिनिधिसभामा नेपाली कांग्रेस पहिलो पार्टीको रुपमा बिजयी हुने दाबी समेत निधिले गरेका छन् ।

संविधानको धारा २ सय ७१ अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुले आयोगमा दल दर्ता गराउनुपर्ने कानुनी व्यवस्था छ ।

निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन आइतबार साँझ ५ बजे सम्मको समय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment