+
+
Shares

मेलम्ची अझै अनिश्चित, ठेक्का तोड्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १२ गते ६:२८

१२ भदौ, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटीएफसँगको ठेक्का रद्द गर्ने भएको छ । ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्ने तयारी थालिएको हो । जेआईटीएफले महांकाल–चुच्चेपाटी, चाबहिल–महाराजगञ्ज हुँदै बाँसबारीसम्म मुख्य पाइपलाइन र दुईवटा रिजभ्र्वायर ट्यांकी बनाउने ठेक्का पाएको थियो ।

विदेशी परामर्शदाता दोहा इन्जिनियरिङ कन्सल्ट्यान्टले जेआईटीएफको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्न सिफारिस गरेको निर्देशनालयका एक अधिकारीले बताए । ‘ठेक्का अनुसार काम नभएको भन्दै कन्सल्ट्यान्टले सम्झौता रद्द गर्न सिफारिस गरेको छ,’ ती अधिकारीले भने, ‘निर्देशनालयले तत्कालै रद्द गर्छ कि गर्दैन त्यो अहिले नै भन्न सकिँदैन ।’

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले निर्धारित समयमा काम नगरेकाले ठेकेदार कम्पनीलाई चेतावनी दिइएको बताए । आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?