Comments Add Comment

सामाजिक संजालदेखि हलसम्म, आना र सोनामको प्रेम चर्चा


नायिका आना शर्मा इन्स्ट्राग्राममा सक्रिय छिन् । सामाजिक संजालमा दैनिक तस्बिर पोष्ट गर्ने आनाको अहिले प्रेम चर्चा पनि गर्मिएको छ । कुनै समय नायक अनमोल केसीसँग आनाको प्रेम रहेको हल्ला भयो । तर, दुबैले प्रेम स्विकार गरेनन् र अहिले चर्चा सेलाएको छ ।

तर, ‘ग्याङस्टार ब्लूज’ नायिकाको नाम अहिले एक यूवासँग जोडिएको छ । सोनाम छिरिङ शेर्पा नाम गरेका यूवा र आनाको प्रेम अहिले मौलाएको छ । वुझिएअनुसार, चलचित्र ‘जेरी’ बन्न् भन्दा अगाडि देखि नै यी दुइ प्रेममा थिए ।

सोनाम यती एयरलाइन्सका संचालकका छोरा हुन् । आनाले इन्स्ट्राग्राममा पोष्ट गरेका तस्बिरले पनि सोनाम र उनीविच गहिरो प्रेम रहेको वुझ्न गाह्रो पर्दैन । कतै अंकमाल गरेका त कतै गालामा चुम्बन गरेका सोनामसँगका तस्बिर आनाले पोष्ट गरेकी छिन् ।

केही दिन अगाडि चलचित्र ‘ग्याङस्टार ब्लूज’को प्रिमियरमा पनि सोनाम उपस्थित थिए । हलमा एकसाथ बसेर चलचित्र हेरेका यी दुइले मिडियाको अगाडि भने अनुहार लुकाउने कोशिश गरे ।

आनाले सामाजिक संजालमा आफ्नो प्रेमी भनेर तस्बिर पोष्ट गर्ने गरेकी छिन् ।

 

तस्बिरः मिलन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment