Comments Add Comment

यी   ७ संकेतमा लुकेको छ गंभिर समस्या, बेवास्ता नगरौ


छालामा सानोतिनो समस्या आउनु ठूलो कुरा होइन  । तर, कहिले कहिँ हामीले सामन्य सोचेका यस्ता समस्याले गंभिर समस्या निम्त्याउन सक्छ । त्यसैले छालाको यि ७ संकेत, जसलाई हल्का रुपमा लिनु हुन्न ।

डन्डिफोर

अनुहारमा डन्डिफोर छ भने त्यसले पेट सम्बन्धि कुनै समस्या भएको संकेत गर्छ । साथै यसले शरीरमा हर्मोनको गडबडी भएको पनि जनाउ दिन्छ । यो समस्या बढ्नसाथ तुरुन्तै चिकित्सककहाँ देखाउनु पर्छ ।

सेतो वा पहेंलो दाग

छालामा कहिले कहिं सेतो वा पहेंलो दाग देखिन सक्छ । यसले शरीरमा कोलेस्ट्रोल बढ्ने संकेत हुन्छ । यसले हृदय रोगको समेत संकेत गर्छ ।

आँखी भौं पातलो हुनु

आँखी भौं कसैको बाक्लो हुन्छ, कसैको पातलो । यो खासै अस्वभाविक होइन । तर, अचानक आँखी भौं पातलिदै गएको छ भने सतर्क हुनैपर्छ । किनभने यसले थाइराइडको संकेत गर्छ ।

नङमा कालो दाग

नङमा कालो दाग देखा पर्‍यो भने निकै सतर्क हुनुपर्छ । चाहे त्यो हातको नङमा होस् वा खुट्टाको । यस्तो दागले क्यान्सरको संकेत गर्छ ।

सुन्निनु

खास कारण बिना नै अनुहार सुन्नियो भने सजगता अपनाउनु पर्छ । किनभने यसले धेरैथरी रोगको संकेत गर्छ । जस्तो कि, हाइपोथाइराइड, एनीमिया, एन्जियोएडिमा । मृगौलाको समस्यमा पनि यस्तो संकेत देखिन्छ ।

दाह्री पातलिनु

अक्सर यसबारे हामीलाई हेक्का हुँदैन । तर, हाम्रो दाह्रीको रौं पनि कहिलेकहिं अस्वभाविक रुपले पातलिदै जान्छ । यसले हाइपो थाइराइडको संकेत गर्छ ।

ओंठ फुट्नु

ओंठ फुट्नु सामन्य हो । खासगरी चिसो मौसममा ओंठ फुट्ने समस्या देखापर्छ । तर, लामो समयसम्म ओंठ फुट्यो भने त्यो समस्या हो । यसले शरीरमा भिटामिन बि र सिको कमी भएको संकेत गर्छ ।

रुखो छाला

सबैको छाला एकनास हुदैन । कसैको सुख्खा हुन्छ भने, कसैको तैलिय । तर, लामो समयसम्म छाला सुख्खा हुन्छ भने मधुमेह वा थाइराइडको संकेत हुनसक्छ ।

एलर्जी
छालाको सरसफाई भएन भने त्यसमा ब्याक्टेरिया पैदा हुन्छ । छाला चिलाउँछ । तर, लामो समयसम्म यस्तो समस्या रहेमा त्यसले मधुमेहको संकेत गर्छ । साथै, थाइराइडको पनि ।

काखीको कालोपन

काखीको छाला सामन्यत केहि कालो हुन्छ । तर, अचानक यो धेरै कालो भएमा त्यसले पनि थाइराइड र मधुमेहको संकेत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment