Comments Add Comment

यसकारण हुनसक्छ पुरुषलाई क्यान्सर

अधिक मात्रामा भिटामिन बी-६ तथा भिटामिन – १२ को सेवनले पुरुषहरुमा फोक्सोको क्यान्सर हुनसक्ने जोखिम तीन गुणाले बढ्ने तथ्य सार्वजनिक भएको छ । हालै जर्नल अफ क्लिनिकल अन्कोलोजिमा प्रकाशित एक अध्ययनमा उल्लेख गरिएको छ ।

द आहायो विश्वविद्यालयका शोधकर्ताहरुद्धारा गरिएको उक्त अध्ययन अनुसार भिटामिन बी ६ तथा बी १२ को अधिक सेवनले पुरुषहरुमा फोक्सोको क्यान्सर तीन गुणाले बढ्ने गरेको छ । जबकी यसको जोखिम महिलाहरुमा भने खासै प्रमाणित भएको छैन ।

‘हामीले अनुसन्धानका क्रममा के पायौ भने पुरुषहरु जसले डायटरी सप्लिमेन्टका रुपमा भिटामिन बी ६ तथा बी १२ को सेवन लगातार १० वर्षसम्म गर्ने पुरुषहरुमा फोक्सोका क्यान्सरको जोखिम बढी हुने गरेको पाइएको छ’, न्युम्याक्समा उल्लेख भए अनुसार यस शोधका प्रमुख शोधकर्ता समेत रहेका थियोडोर ब्रास्कीले भने ।

लामो समयसम्म यस्ता सप्लिमेन्ट लिनेमा फोक्सोको जोखिम दोब्बर वा तीन गुणा बढी हुने भएपनि चुरोटको सेवन तथा धुमपान गर्नेहरुमा यसको फोक्सोको क्यान्सरको जोखिम चार गुणासम्म बढ्न सक्ने उनले बताए ।

चिकित्सकहरुका अनुसार पुरुषहरुले भिटामिन बी ६ दिनमा डेढ मिलिग्राम तथा भिटामिन बी १२ साढे दुई मिलिग्राम भन्दा कम सेवन गर्नुपर्छ । जबकी मानिसहरुले भने यस्ता भिटामिनलाई अन्य औषधी सरह सामान्य रुपमा लिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment