Comments Add Comment

थरीथरीका हेयरस्टाइल : अहिले कुन स्टाइल रुचाइएको छ ?


अहिले बजारमा अनेकखाले हेयरस्टाइल आएको छ । खासगरी युवा उमेरमा हेयरस्टाइलमा थरीथरीको प्रयोग गर्न सकिन्छ । किनभने आफ्नो व्यक्तित्व निर्माण गर्ने चरण हो यो । त्यसैले आफ्नो रुप, रंग, बनौट, स्वभाव आदि अनुसार कस्तो हेयरस्टाइल सुहाउँछ भनेर प्रयोग गर्न सकिन्छ ।
त्यसो त सिजन अनुसार पनि हेयरस्टाइल बदल्न सकिन्छ । कहिले ट्रेडिसनल लुक्समा त कहिले फेस्टिभ लुक्समा आफुलाई पेश गर्न सकिन्छ । अहिले केसलाई विभिन्न बान्कीमा सजाउने मात्र होइन, कलर गर्ने पनि ट्रेन्ड छ । यहाँ केहि हेयरस्टाइल दिइएको छ, जसलाई युवापुस्ताले प्रयोग गर्न सक्छन् ।

युवतीको लागि

मेरी टप नँट हेयरस्टाइल

यो हेयरस्टाइलमा हरेकको पर्सनालिटी निकै फरक देखिन्छ । साथै, यस किसिमको हेयरस्टाइल बनाउँदा उनीहरुलाई अग्लो पनि देखिन्छ । यो स्टाइल बनाउन गाह्रो छैन । सबै केस एकमुठा गरेर त्यसलाई शीरमा बाँध्नु पर्छ ।

फ्रन्ट  बफ हेयरस्टाइल

यो हेयरस्टाइल अहिले गर्मी मौसममा कलेज गल्र्समा निकै लोकपि्रय छ । त्यसो त यस किसिमको हेयरस्टाइल ७० को दशकमा सदाबहार फिल्म अभिनेत्रीको याद दिलाउँछ । अहिले यहि शैलीको पुनरावृत्ति भएको हो ।

त्यसो त भारतिय अभिनेत्री ऐश्वर्य राय बच्चनदेखि आलिया भट्ट, दीपिका पादुकोणसम्मले यो हेयरस्टाइल अपनाइसकेका छन् । यसमा पछाडि जस्तै लो जूडो बनाइन्छ र अगाडिबाट केसलाई साइट पार्टिङ गरेर जुडोमा अट्याच गरिन्छ ।

स्ट्रेट हेयरस्टाइल

केसलाई सिधा बनाउने चलन क्लासिक लुकमा एक मानिन्छ । यो निकै सजिलो हेयरस्टाइल पनि हो । यसमा केसलाई खुला छाडिन्छ र त्यसको आधा गरेर पिन लगाइन्छ । यो स्टाइल जुनसुकै पहिरनमा पनि सुहाउँछ ।

ट्रेडिसन लुक

यो स्टाइल पनि युवतीले धेरै रुचाएका हुन् । यस स्टाइल बनाउनका लागि खासै समय पनि लाग्दैन । खासगरी उत्सव, पर्व, भोज आदिमा यस्तो हेयरस्टाइल बनाउन सकिन्छ ।

युवाको लागि 


योगी स्टाइल हेयरकट

योगी स्टाइल कुर्तापछि अहिले योगी जस्तो हेयरकट युवाहरुको रोजाइमा पर्न थालेको छ । हेयरस्टाइल ट्रेन्ड र फेसन स्टेटेमेन्टको लागि फिल्मस्टार्सलाई फलो गरिन्छ, तर अहिले राजनेताको शैली पनि पच्छ्याउन थालिएको छ ।

स्पाइक्स कट

युवामा स्पाइक कट निकै लोकपि्रय छ । यसले केससँगै अनुहारको लुक पनि पुरै परिवर्तन गरिदिन्छ । यो कटमा युवाहरु ग्ल्यामरस र बिन्दास देखिन्छ ।

अन्डर कट

यसको नामबाटै थाहा हुन्छ कि, यो हेयरस्टाइलमा अगाडिको भाग छाडेर दायाँ-बायाँको साइड छोट्याइन्छ । अहिले युवाहरु मात्र होइन, युवतीले पनि यस्तो हेयरकट रुचाउन थालेका छन् ।

गजनी कट

अक्सर फिल्ममा हिरो हिरोइनले अपनाउने हेयरस्टाइलको पनि अनुसरण गरिन्छ । त्यसैगरी आमिर खानले गजनी फिल्ममा बनाएको केस अहिले निकै रुचाइएको छ । खासगरी जिम जानेहरुले आमिर खानले गजनीमा बनाएको जस्तै छोटो केस बनाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment