Comments Add Comment

निजी कलेजलाई सम्बन्धन दिने मप विश्वविद्यालयको अडान

अहिले दिने सम्वन्धन अस्थायी

१३ भदौ, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयलयले विवादित सम्बन्धन प्रकृयाबाट पछि नहट्ने संकेत गरेको छ ।

लामो समयदेखि विवादमा परेको सम्बन्धन प्रकृयालाई निरन्तरता दिने विश्वविद्यालयले अडान लिएको छ ।

विश्वविद्यालका उपकुलपति प्रा.डा. उपेन्ऽकुमार कोइरालाले कुनै पनि हालतमा सम्बन्धन दिएरै छाड्ने अडान लिएका हुन् ।

मप विश्वविद्यालय सुर्खेतले विश्वविद्यालयको सम्बन्धनको सवालमा उठेका विषयवस्तुका विषयमा प्रष्ट पार्ने भन्दै मंगलबार आयोजित पत्रकार भेटघाटमा उपकुलपति कोइरालाले इन्जिनियरिङ र व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर विषयको सम्बन्धन दिइने अडान लिएका हुन् ।

उनले अहिले दिन लागिइएको सम्वन्धन अस्थायी भएको पनि जानकारी दिए ।

‘प्रकृया अगाडि बढाइसकेका छौं,’ कोइरालाले भने,’यही भदौ १५ गते भित्र सम्बन्धन दिएरै छोडिन्छ ।’

सवै पक्षसंगको छलफल र समन्वयमा प्रकृया अघि वढाइएको कोइरालाको दावी छ ।

तर विद्यार्थीहरुले भने एकपक्षिर रुपमा निहित स्वार्थका लागि सम्वन्ध दिन लागिएको वताउँदै आएका छन् ।

उपकुलपति कोइरालाले निवेदन आएका कलेजहरुका बारेमा विस्तृत अनुसन्धान भइरहेको बताए ।

बिधि र प्रक्रियावाटै सम्वन्धन दिन लागेको हौं, उनले भनेे, पहिलो चरणमा दुई वटा कलेजलाई इन्जिनियरिङ र व्यवस्थापन संकायको सम्बन्धन दिदै छौं ।

तर विरोधमा रहेका विद्यार्थीहरुले भने विधि प्रकृया मिचिएको आरोप लगाउँदै आएका छन् ।

विश्वविद्यालयलाई कमजोर पार्ने षड्यन्त्र

उपकुलपति कोइरालाले केही व्यक्तिहरु विश्वविद्यालयलाई कमजोर बनाउने षड्यन्त्रमा लागेको आरोप लगाए ।

कोही कसैले विश्वविद्यालयको हित हेर्न चाहेका छैनन्, उनले भनेे, उनिहरु विभिन्न वहाना वनाउँदै विश्वविद्यालयको गरिमालाई कमजोर वनाउन लागि परेका छन् ।

उपकुलपति कोइरालाले थपे,’मध्यपश्चिमाञ्चल विश्वविद्यालय दिन लागेको सम्बन्धन अरु जस्तो होइन, यो फरक छ, विधि, नियम, ऐन, कानुन, विश्वविद्यालयको २० वर्षे दीर्घकालिन रणनीतिभित्रै रहेर सम्बन्धन प्रक्रिया अघि बढाइएको हो ।’

विश्वविद्यालयले तोकेको ६० प्रतिशत अंक ल्याउने कलेजलाई मात्रै सम्वन्धन दिन लागेको कोइरालाको भनाइ छ ।

उनले विद्यार्थीहरुको विवेक हराएको आरोप पनि लगाए । ‘केही विद्यार्थीले विधिको नाममा ‘बेथिति’ बढाइरहेका छन्,’ कोइरालाले भने, ‘छलफलमा कुरा बुझ्यौं भन्ने बाहिर गएर विर्सने गरेको पाइयो । अरुको कुरामा नलागेर आˆनो विवेक प्रयोग गर्न विद्यार्थीलाई आग्रह गर्दछु ।’

सूचना माग्नुको पनि सीमा

चाहिएको सूचना दिन तयार रहेको कोइरालाको भनाइ छ । आफूले दिनु पर्ने सूचना दिइसकेको भन्दै उनले अन्य सूचना दिनुपर्ने निकायलाई दिन तयार रहेको वताए । ‘अख्तियार आएर मागोस म सबै फाइल दिन तयार छु ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment