+
+

सुजुकीको डबल मज्जा अफर

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १३ गते २१:०५


१३ भदौ, काठमाडौं । जापानी मोटर कम्पनी सुजुकीको नेपालकालागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले ‘पर्वोत्सव’ योजना अन्तर्गत ‘डवल मज्जा’ अफर ल्याएको छ ।

काठमाडौंमा मंगलबारवाट शुरु भएको नाडा अटो शो को अवसरमा कम्पनिले इग्निस र डिजायर गरी दुई नयाँ मोडलका कार सार्वजनिक गर्दै कम्पनिका सम्पूर्ण गाडीहरुमा ‘डवल मज्जा’ अफर उपलब्ध गराएको हो ।

नाडा अटो शो मार्फत कम्पनिले स्टल नम्वर एचवानबाट यो सेवा उपलब्ध गराइरहेको छ । यो योजना सुजुकीका देशभरका शो रुमहरुवाट समेत उपलब्ध हुनेछ ।

‘डवल मज्जा’ अफर अन्तर्गत उपभोक्ताले ६ लाख रुपैयाँसम्म नगद छुट, ५० हजार रुपैयाँ सम्म सटही बोनस, १ लाख रुपैायाँसम्म अतिरिक्त स्क्रयाच कुपन, २ बर्षसम्मकालागि निशुल्क इन्स्योरेन्स सुविधा, रोड ट्याक्स र रजिष्टे्रशन निशुल्क उपलब्ध गराउने रहेका छन् ।

यसबाहेक कम्पनिका २०१६ का सम्पूर्ण मोडलहरुमा बिशेष छुट समेत पाउने कम्पनिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?